Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमितको संख्या ५९ हजार नाघ्यो

कोरोना संक्रमितको संख्या ५९ हजार नाघ्यो


काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार पाँच सय ७३ पुगेको छ । बिहीबार देशभर थप एक हजार दुई सय ४६ जनामा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएसँग उक्त संख्या पुगेको हो ।

देशका विभिन्न प्रयोगशालामा १० हजार छ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा बिहीबार मात्रै एक जार दुई सय ४६ जना कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी पछिल्लो २४ घण्टा एक हजार दुई सय ४३ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४२ हजार नौ सय ४९ जना पुगेको छ । मन्त्रालयका अनुसार कुल सङ्क्रमितमध्ये निको हुनेको प्रतिशत ७२ रहेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभर १६ हजार दुई सय ४१ जना सक्रिय सङ्क्रमित छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप छ सय १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा पाँच सय सात, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । संस्थागत आइसोलेसनमा सात हजार नौ सय तीन जना रहेका छन् भने होम आइसोलेसनमा आठ हजार तीन सय ३८ जना छन् । यस्तै क्वारेन्टिनमा सात हजार आठ सय ८३ जना रहेका छन् ।

त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सिराहा, मकवानपुर, चितवन र रूपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय बढी रहेको मन्त्रालायले जनाएको छ । मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया