Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको कारण मृत्यु हुनेको संख्या चार सय नाघ्यो

कोरोनाको कारण मृत्यु हुनेको संख्या चार सय नाघ्यो


काठमाडौं ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को कारण मृत्यु हुनेको संख्या चार सय एक जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार शुक्रबारभन्दा ११ जना थपको मृत्यु भएर चार सय एक पुगेको हो ।

शनिबार देशभर एक हजार दुई सय चार जना नयाँ कोरोना संक्रमित पनि फेला परेका छन् । शुक्रबार अहिलेसम्मकै धेरै दुई हजार २० जनामा कोरोना देखिएको थियो । शनिबार १० हजार तीन सय ३३ जनामा गरिएको परीक्षणमा एक हजार दुई सय चार जनामा कोरोना देखिएको हो । तीमध्ये चार सय आठ जना महिला र सात सय ९६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

शनिबारसम्म नेपालमा ६२ हजार सात सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४५ हजार दुई सय ६७ जना संक्रमण जितेर घर फर्किन सफल भएका छन् । शनिबार मात्र एक हजार चार सय ४७ जना कोरोनामुक्त भएका छन् । शनिबार काठमाडौं उपत्यकामा सात सय ११ जना नयाँ संक्रमित फेला परेका छन् । तीमध्ये काठमाडौंका पाँच सय ७० जना, भक्तपुरका ८३ जना र ललितपुरका ५८ जना छन् ।

सार्वजनिक यातायातको साधन सञ्चालनमा आएसँगै कोरोनाको सक्रमण थप फैलिने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्षमाथिका कुनै पनि नागरिकलाई अत्यावश्यकबाहेक अन्य कामका लागि घरबाहिर ननिस्किन सार्वजनिक रुपमै अपिल गरेको छ । दशैं तथा तिहारजस्ता ठूला चाड आएको कारण बजारमा मानिसका भीडभाड बढेको छ । छ महिनादेखि बन्द रहेको बस सेवा सञ्चालनमा आएको कारण पनि एक जिल्लाबाट अर्को जिल्लामा कोरोनाको संक्रमण सजिलै सर्ने देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया