Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधराहत तथा मास्क सेनिटाइजर वितरण

राहत तथा मास्क सेनिटाइजर वितरण


जनकपुरधाम ।
नेपाल तराई इन्जिनियर्स समाजले धनुषा तथा महोत्तरीका विभिन्न स्थानमा राहत वितरण गरिरहेको छ । शनिबार धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका वडा नं. ३ मा ५० जना विपन्न परिवारलाई समाजले खाद्यान्न तथा मास्क वितरण गरेको हो । उनीहरुलाई चामल १० किलो, रहर दाल २ किलो, आलु २ किलो, प्याज २ किलो, सोयाविन २ किलो, नुन १ किलो, नुहाउने साबुन १ वटा, कपडाको साबुन १ वटा, मास्क र सेनिटाइजर वितरण गरिएको छ ।

एसोसिएसनका प्रदेश अध्यक्ष भगवान झाले कसैलाई खानको अभावमा नहोस् भनेर आफूहरुले राहत वितरण गरेको जानकारी दिए । समाजको तर्फबाट प्रदेश नं. २ का विभिन्न जिल्लामा राहतस्वरुप खाद्यान्न तथा मास्क सेनिटाइजर वितरण गर्ने कार्य जारी रहेको उनले बताए । शुक्रबार महोत्तरीको बलवा नगरपालिकाको बदियामा ४५ परिवारलाई राहत वितरण गरिएको थियो ।

प्रदेश २ सरकारले दुईपटक प्रदेशभर राहत वितरण गरेका थिए भने केही नगरपालिका र गाउँपालिकाले एकपटक राहत वितरण गरेका थिए । यसबाहेक स्थानीय संघ/संस्था र स्थानीय समाजसेवीहरुले नै राहत वितरण कार्यमा सहभागी रहेको देखिएको छ ।

नेपाल तराई इन्जिनियर्स समाजका केन्द्रीय महासचिव दीपेन्द्रकुमार साहले दैनिक काम गरेर गुजारा गर्नेहरुको अवस्था एकदमै दयनीय रहेको चर्चा गर्दै पेशागत संस्था र समाजसेवीहरुले राहत वितरण अभियानमा बल दिनुपर्ने आवश्यक्ता रहेको बताए । यता, समाजले शनिबार सशस्त्र प्रहरीलाई पनि मास्क, सेनिटाइजर वितरण गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया