Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुजुकीको दशैँ तिहार अफर सुरु

सुजुकीको दशैँ तिहार अफर सुरु


काठमाडौं ।
सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुजुकी दशैँ तिहार अफर सुरु गरेको छ ।

‘चाडपर्व सबैको, हौसला हाम्रो’ भन्ने नारा लिएको यस अफरअन्तर्गत ग्राहकहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा तत्काल १२ हजार रुपैयाँ नगद छुट तथा एक वर्षको सडक दस्तुर प्राप्त गर्नेछन् । साथै एक्सचेन्ज र सरल फाइनान्सको सुविधा पनि उपलब्ध गराएको कम्पनीले जनाइएको छ । सुजुकीले हाल विषम परिस्थिति रहेकोले आफ्ना ग्राहकहरुलाई सजक र सुरक्षित रही चाडपर्व मनाउन र सुजुकी दशैँ तिहार अफरको फाइदा लिन आह्वान गरेको छ ।

सुजुकी दशैँ तिहार अफरले ग्राहकहरुको मन जित्ने कम्पनीले भनाइ छ । सुजुकी कम्पनीको विभिन्न नवीनतम मोडल र डिजाइनहरुको मोटरसाइकल तथा स्कुटरले ग्राहकवर्गहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकवर्गहरु थप उत्साहित हुने कम्पनीका मार्केटिङ म्यानेजर समित सिंहले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया