Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १५ सय ७२ विन्दुमा

बजार परिसूचक १५ सय ७२ विन्दुमा


काठमाडौं ।
यस साता सेयर बजार परिसूचक १५ सय ७२ दशमलव १८ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय १२ दशमलव ५ अंकमा पुुगेर रोकिएको छ ।

यस साता धितोपत्र बजारमा दुई सय दुुईवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार एक लाख ९७ हजार दुई सय ४४ वटा कारोबारमा चार करोड १३ लाख ७२ हजार दुई सय तीन कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम १३ अर्ब ९७ करोड तीन लाख ९३ हजार एक सय ४९ रुपैयाँ पुगेको छ । कारोबार रकम गत साताको तुलनामा बढी हो ।

गत साता भने धितोपत्र बजारमा दुई सय तीन कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार एक लाख ४४ हजार सात सय ९८ वटा कारोबारमा दुई करोड १८ लाख ७३ हजार एक सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ११ अर्ब ५२ करोड २६ लाख ६३ हजार नौ सय ९४ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । सोमध्ये तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा बजार परिसूचक उकालो लागेको थियो ।

जसमध्ये पहिलो दिन बजार परिसूचक १६ दशमलव ५६ अंकले उकालो लागेर १५ सय ३७ दशमलव २५ अंकमा चढेको थियो । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५९ अंकले उकालो लागेर तीन सय तीन दशमलव ९७ अंकमा चढेको थियो । दोस्रो दिन पनि बजार परिसूचक तीन दशमलव २६ अंकले उकालो लागेर १५ सय ४० दशमलव ५१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २८ अंकले उकालो लागेर तीन सय छ दशमलव २४ अंकमा चढेको थियो ।

तेस्रो दिन भने बजार परिसूचक चार दशमलव ४७ अंकले ओरालो लागेर १५ सय ३६ दशमलव तीन अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५९ अंकले ओरालो लागेर तीन सय चार दशमलव ६५ अंकमा पुुगेको छ । चौथो दिन परिसूचक पाँच दशमलव ३६ अंकले उकालो लागेर १५ सय ४१ दशमलव ४० अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शन्य दशमलव ८३ अंकले उकालो लागेर तीन सय पाँच दशमलव ४८ अंकमा चढेकोे थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक ३० दशमलव ७८ अंकले उकालो लागेर १५ सय ७२ दशमलव १८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव दुई अंकले उकालो लागेर तीन सय १२ दशमलव ५० अंकमा चढेको थियो ।

यस साता नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक आदिको बढी रकम कारोबार भएका छन् । कारोबार भएको सेयर संख्याका आधारमा भने यस साता नेपाल बैंक, अरुण कावेली लिमिटेड, अरुण भ्याली हाइड्रोपावर लिमिटेड आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सेयर सूचीकरणतर्फ भने यस साता लक्ष्मी उन्नति कोष र मिथिला लघुुवित्त वित्तीय संस्थाको साधारण तथा बोनस सेयर सूचीकृत भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया