डब्ल्यूटीओ प्रमुखको दौडमा पाँचमध्ये तीन महिला प्रतिस्पर्धी
अमेरिका ।
विश्व व्यापार संगठनको नेतृत्व लिनको लागि भाग लिइरहेका पाँच उम्मेदवारहरुमध्ये तीन महिला (दुई अफ्रिकी र एक दक्षिण कोरियाली छनोट गरिएको कूटनीतिक स्रोतले एएफपीलाई बताएको छ ।
अन्तर्राष्ट्रिय व्यापार संगठनले अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन । यो संगठनमा अहिलेसम्म अफ्रिकी व्यक्तिले नेतृत्व पनि गरेको पाइँदैन । रोबेर्टो अजेवेदोको स्थानमा हुन लागेको निर्वाचनमा आकांक्षी देखिएका आठ उम्मेदवारमध्ये शुक्रबार पाँचको नाम आगामी प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । अजेवेदोको कार्यकाल सन् २०२१ सम्म रहेको भए पनि उनले गत महिना पदबाट राजीनामा दिएपछि नयाँ नेतृत्वका लागि छनोट प्रक्रिया अघि बढेको छ ।
केन्याकी महिला उम्मेदवार अमीना मोहम्मद, नाइजेरियाको नोगोजी ओकोन्जो–इवैला र दक्षिण कोरियाकी यू म्युङ–हीसहित बेलायतका लियम फक्स र साउदी अरबका मोहम्मद अल–तुवाइजरी प्रतिस्पर्धाका लागि छनोट भएका भएका उम्मेदवारहरू हुन् । पछिल्ला केही दिनमा डब्ल्यूटीओको भिडियो कन्फरेन्समार्फत् गरिएको परामर्शपछि उम्मेदवारहरूलाई सानो समूहमा संकुचित पारिएको हो ।
उम्मेदवारीबाट बाहिरिएका तीनमध्ये जेसस सैयद कुरी (मेक्सिको), टुडोर युलियानोभस्की (मोलदोभा), अब्देल हमिद माम्दो (इजिप्ट) रहेका छन् । डब्लुटीओको विधानले नेतृत्वको लागि क्षेत्रगतरूपमा जिम्मेवारीको चक्रीय स्वरूपलाई आवश्यक मानेको छैन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया