अर्काे वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध हुने
वासिड.टन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले भने, ‘मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुनेछ ।’
खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिए । उनले खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताएका थिए । शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङका क्रममा उनले सो कुरा बताएका हुन् । अमेरिकाका वरिष्ठ वैज्ञानिक र चिकित्सकहरु विगतदेखि नै यस कार्यमा लागिराखेको पनि उनले बताए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरुले यो खोप आविष्कारको काममा लागेका छन् र उनीहरुले यो खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेको बताएका छन् ।’ त्यसैले पनि अब अमेरिकाले चाँडै नै नयाँ खोप उत्पादनको काम पनि थाल्ने जानकारी दिए । उनले अब यो खोपको परीक्षण अन्तिम परीक्षणको क्रममा रहेको र सो परीक्षण सकिएलगत्तै खोप उत्पादनको काम गर्ने जानकारी पनि दिए ।
अमेरिका विश्वमा नै कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको देश हो । यहाँ अहिलेसम्म ६७ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । त्यस्तै अमेरिकामा विश्वमै सबैभन्दा बढीको यस संक्रमणबाट ज्यान गएको छ । शुक्रबारसम्म यहाँका १ लाख ९८ हजार भन्दा बढी नागरिकको यो संक्रमणबाट नै ज्यान गएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया