Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसंयुक्त राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट हुने

संयुक्त राष्ट्रसंघको महासभा भर्चुअल विधिबाट हुने


संयुक्त राष्ट्रसंघ ।
संयुक्त राष्ट्रसंघको अर्काे हप्ता हुने महासभालाई विश्वका एक सय ७३ देशका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कोभिड १९ को संक्रमण विश्वमा नै नरोकिएका कारणले यस वर्षको संयुक्त राष्ट्रसंघको ७५औँ महासभा भर्चुअल प्रविधिबाट आयोजना गरिने भएको हो ।

संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका एक सय १९ जना राज्य प्रमुखका साथै अरु ५४ जना सरकार प्रमुखहरुले सो सभालाई भर्चुअल विधिबाट नै सम्बोधन गर्न लागेका बताइएको हो । महासभा संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो निकाय हो । यो निकायको सम्मेलन यस पटक कोभिड १९ को संक्रमणका कारण यसरी भर्चुअल विधिबाट हुन लागेको बताइएको छ ।

उक्त महासभाका लागि प्रवक्ता ब्रेन्दन बर्माले सो कुराको जानकारी दिएका हुन् । बर्माले भनेका छन्, ‘बिहीबारसम्ममा एक सय ७४ जना विश्वका नेताहरुले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।’

उनले यसरी सम्बोधन गर्नेहरुमा विश्वका राज्य प्रमुखहरुमा एक सय १९ जना रहेका छन् । उनीहरुसमेत एक सय ७३ वटा देशका नेताहरुले सो महासभामा सम्बोधनका लागि दर्ता गराएका छन् । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको केन्द्रीय कार्यालयमा विश्वका देशका प्रतिनिधिहरु पुगिसकेका छन् । सदस्य राष्ट्रका नेताहरुले आफूले गर्ने सम्बोधनको रेकर्ड गरिएको प्रति पहिले नै उपलब्ध गराउनेछन् र आ आफ्नो देशको पालो अनुसार उनीहरुको सो सम्बोधन प्रस्तुत गरिनेछ ।

पहिलेका वर्षहरुमा करिब सयवटा देशका प्रतिनिधिहरुले संयुक्त राष्ट्रसंघको महासभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम रहेकोमा यस पटक भने भर्चुअल विधिबाटै गरिने भएकोेले सो संख्या धेरै हुन पुगेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया