Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारतीन अर्ब ९९ करोड साधारण सेयर स्वीकृत

तीन अर्ब ९९ करोड साधारण सेयर स्वीकृत


काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले पछिल्लो एक वर्षमा सबै किसिमका गरी नौवटा कम्पनीहरुलाई तीन अर्ब ९९ करोड ४० लाख चार हजार रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) जारी गर्नको लागि अनुमति दिएको छ । बोर्डका अनुसार २०७६ असोज १ गतेदेखि २०७७ असार २५ गतेसम्म नौवटा कम्पनीहरुलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन करोड ९९ लाख ४८ हजार ४० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति दिइएको हो ।

अनुुमति पाएकामध्ये माउन्टेन इनर्जी नेपाल लिमिटेडबाहेक सबै कम्पनीहरुले साधारण सेयर जारी गरिसकेको बोर्डले जनाएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) र त्यसको नियन्त्रण तथा रोकथामको लागि २०७६ चैत ११ गतेदेखि भएको लकडाउन र सोपश्चात् पनि विभिन्न जिल्लाहरुमा भएको निषेधाज्ञाका बाबजुद पनि सबै कम्पनीहरुले साधारण सेयरको बिक्री कार्य सम्पन्न भइसकेको जानकारी बोर्डले दिएको छ ।

माउन्टेन इनर्जीले भने विगतमा रोकिएको साधारण सेयरको बिक्री भदौ ३१ गते अर्थात् बुुधबारबाट सुरु गरेको छ । कम्पनीले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङमार्फत एक एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३९ करोड ३६ लाख पाँच हजार चार सय कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो । उक्त सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका जनताको लागि १९ करोड ६८ लाख रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ कित्ता र सर्वसाधारणको लागि पनि १९ करोड ६८ लाख रुपैयाँबराबरको १९ लाख ६८ हजार कित्ता साधारण सेयर जारी गर्ने छ । कम्पनीको सेयर बिक्री कार्य असोज १४ गतेसम्म कायम रहनेछ ।

यीबाहेकका अनुसार कम्पनीहरुले सेयर बिक्री कार्य सम्पन्न गरिसकेका छन् । बोर्डका अनुसार यस अवधिमा शिवश्री हाइड्रोपावरले ३३ करोड ५१ लाख १४ हजार, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले ३३ करोड ९८ लाख चार हजार छ सय, नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड, लिबर्टी इनर्जी प्रालिले ३७ करोड ५० लाख, युुनाइटेड मर्दी र आरबी हाइड्रोपावर कम्पनीले १० करोड ५० लाख, एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख, अजोड इन्स्योरेन्स कम्पनीले ३० करोड, साधना लघुुवित्त वित्तीय संस्थाले सात करोड सात लाख ८० हजार र माउन्टेन इनर्जी नेपाल लिमिटेडले ३९ करोड ३६ लाख पाँच हजार चार सय रुपैयाँबराबरको साधारण सेयर जारी गर्नको लागि अनुुमति पाएको हो । अनुुमति पाएकामध्ये माउन्टेन इनर्जीबाहेक सबै कम्पनीहरुले सेयर बिक्री कार्य सम्पन्न गरी बाँडफाँट समेत भइसकेको छ भने एकाधबाहेक सबैको नियमित कारोबारको लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सूचीकृत समेत भइसकेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया