आज २० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिक्री हुँदै
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सोमबार २० अर्ब ३३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जारी मिति असोज ६ गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १४ अर्ब तीन करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँको रहेको छ ।
सोमध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ पुुस ७ गते, एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ चैत १० गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि वि.सं. २०७८ असोज ५ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही भदौ २९ गते पनि राष्ट्र बैंकले १३ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । सोमध्ये २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको चार अर्ब, एक सय ८२ दिने अवधिको दुुई अर्ब र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको थियो ।
राष्ट्र बैंकले आरटीजीएस प्रणालीमा बिजनेस डे सेड्युुल सञ्चालन गर्ने
नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा नियमित बिजनेस सेड्युल सञ्चालन गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार असोज ४ गते अर्थात् आइतबारदेखि आरटीजीएस प्रणालीअन्तर्गतको आरटीजीएस सिस्टम रुल्स २०१९ मा भएको व्यवस्थाअनुसार बिजनेस सेड्युल सञ्चालन गरिएको हो ।
सोअनुसार आइतबारदेखि बिहीबारसम्म नर्मल बिजनेस डे तोकिएको छ । यसअन्तर्गत बिहान १०ः३० बजेदेखि अपराह्न ३ बजेसम्म कस्टुुमर र इन्टर बैंक कारोबार तथा तीन देखि ३ः४० बजेसम्म बैंकस्तरीय कारोबार तथा शुुक्रबार बिजनेस डेअन्तर्गत बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म कस्टुमर एण्ड इन्टर बैंक कारोबार सञ्चालन हुुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया