भारतले माल्दिभ्सलाई २५ करोड डलर ऋण दिने
नयाँ दिल्ली ।
भारतले माल्दिभ्सकोे कोरोनाभाइरसबाट प्रभावित अर्थतन्त्रलाई प्रोत्साहन गर्न २५ करोड अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराउने घोषणा गरेको छ । हिन्द महासागर क्षेत्रीय द्वीपसमूह रहेको विलासी रिसोर्टहरूका लागि प्रख्यात माल्दिभ्समा कोरोना महामारीका कारण विदेशी पर्यटकहरूको आवागमन पूर्णतया बन्द भएपछि यहाँको अर्थतन्त्रमा आएको संकटबाट छिमेकी मुलुकलाई उकास्न भारत सरकारले उक्त सहयोगको घोषणा गरेको बताइएको छ ।
माल्दिभ्समा जुलाईको मध्यदेखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गरिए पनि विदेशी पर्यटकहरूको ठूलो सङ्ख्या यहाँ फर्कन सकेका छैनन् । माल्दिभ्सस्थित भारतीय उच्च आयोगले माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले ‘कठिन आर्थिक अवस्थालाई पार गर्न आर्थिक सहयोग’को अनुरोध गरेपछि यो ऋण सहयोग उपलब्ध गराइएको हो ।
‘माल्दिभ्स आफ्नै प्राथमिकता अनुरूप घरेलु आर्थिक स्थिति सुधार गर्न यो रकम प्रयोग गर्न स्वतन्त्र रहनेछ’, भारतीय उच्च आयोगले आइतबार जारी विज्ञप्तिमा भनिएको छ । स्टेट बैंक अफ इण्डिया (एसबीआई) मा माल्दिभ्स सरकारले जारी गरेको ट्रेजरी बन्डको बिक्रीले उक्त रकम जम्मा गरिनेछ जसको चुक्ता गर्न १० वर्षको अवधि दिइनेछ ।
एक हजार १९२ टापुहरूकोे मुलुकमा पूर्व पश्चिममार्गमा पुल तथा कजवे (पानीमाथि निर्माण गरिने सडक) निर्माण गर्न अगस्टमा नयाँ दिल्लीले ४० करोड डलरको सहयोग गरेको थियो । पूर्वराष्ट्रपति अब्दुल्ला यामीनको शासनकालमा मालदिभ्सले बेइजिङबाट महत्वपूर्ण पूर्वाधार निर्माणका लागि सन् २०१८ मा एक अर्ब ४० करोड ऋण लिएको सोलीह नेतृत्वकोे सरकारले बताएको छ । भारतको परराष्ट्र मन्त्रालयका अनुसार सोलीह सत्तामा आएपछि भएको सम्झौताअनुसार माल्दिभ्सलाई दुई अर्ब अमेरिकी डलरभन्दा बढीको आर्थिक सहयोग दिल्लीले दिनेछ ।
कोरोना भाइरस संक्रमणको महामारीसँग जुझ्नका लागि माल्दिभ्समा अहिले पनि रातको समयमा कफ्र्यु रहेको छ । माल्दिभ्समा अहिलेसम्म कोभिड–१९ संक्रमितको सङ्ख्या नौ हजार छ सय रहेको छ भने ३३ जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ । एसियाली विकास बैंकले गत वर्ष ५.९ प्रतिशतको आर्थिक वृद्धि रहेको माल्दिभ्सको अर्थतन्त्र यो वर्ष २०.५ प्रतिशतले संकुचित हुने प्रक्षेपण गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया