Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो एफ१७ प्रो नेपालमा चाँडै सार्वजनिक गरिने

ओप्पो एफ१७ प्रो नेपालमा चाँडै सार्वजनिक गरिने


काठमाडौं ।
ओप्पोले आफ्नो नयाँ फ्ल्यागशिप मोडलअन्तर्गत ओप्पो एफ१७ प्रो स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल पेज पोष्टमार्फत नयाँ उत्पादन सार्वजनिक हुने तयारीमा रहेको जानकारी विस्तारै दिनथालेको हो । ओप्पोका ब्राण्ड फ्रेन्ड नायिका स्वस्तिमा खड्का, नेपाली चलचित्र उद्योगका लोकप्रिय ताराहरु अनुप विक्रम शाही, अलिशा राई तथा फोटोग्राफर/चलचित्र निर्माता सन्जोग राईलगायतका सामाजिक सञ्जाल पेजमा समेत फोनसम्बन्धी टिजर पोष्टहरु देखा पर्नथालेका छन् ।

ओप्पोद्वारा प्रस्तुत उत्पादनहरुमध्येकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा रहन सफल एफसिरिज कम्पनीले नेपालमा पहिलो पटक सन् २०१६मा सार्वजनिक गरेको थियो । अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओप्पो एफ१७ प्रोमार्फत थप अगाडी लैजाने तयारी गरेको छ । फोनमा दिइएको अल्ट्रा स्लिक फेसनेबल डिजाइन तथा अत्याधुनिक प्रविधिका कारण ओप्पो एफ१७ प्रोले एफ सिरिजको मात्र नभई समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ ।

ओप्पो एफ१७ प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओप्पो तथा एफ सिरिजअन्तर्गतकै सर्वाधिक फेसनेबल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दाबी गरेको छ । नयाँ उत्पादन सार्वजनिकका लागि व्यापक प्रचार गर्न थालिएको देखिए पनि हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिबारे भने तत्काल आधिकारिक जानकारी दिएको छैन । तथापि, यही महिनाभित्रै उत्पादन सार्वजनिक हुने बताइएको छ ।

हालसम्म कम्पनीले ओप्पो एफ१७ प्रोका विशेषताहरुबारे आधिकारिक जानकारी दिएको छैन । तथापि, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै आफ्ना फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रवर्तनात्मक प्रविधिहरु पनि नयाँ फोनमा समावेश गरिने आशा गरिएको छ । कम्पनीले आउने समयमा आफ्ना सामाजिक सञ्जाल पेजमार्फत फोनका प्रमुख फिचर्सहरु सार्वजनिक गर्दै जाने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया