बजार परिसूचक १५ सय ७५ अंकमा
काठमाडौं ।
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आइतबार नै बजार परिसूचक तीन अंकले उकालो लागेर १५ सय ७५ दशमलव १८ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १२ अंकले उकालो लागेर तीन सय १३ दशमलव ६२ अंकमा चढेको छ ।
यसदिन कुुल एक सय ८८ कम्पनीहरूको कारोबार भएका छन् । ती कम्पनीहरूको ६४ हजार पाँच सय १५ पटकको कारोबारमा ९२ लाख २३ हजार सात सय १२ कित्ता खरिदबिक्री हुँदा कुुल कारोबार रकम यसदिन दुुई अर्ब ७४ करोड २७ लाख ९५ हजार छ सय ९२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कुल ११ वटा समूहको कारोबार भएका छन् । तीमध्ये तीनवटा समूहको सूचक उकालो लागेका छन् भने ११ वटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ४१ अंकले उकालो लागेर १२ सय ६८ दशमलव ७९ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि २५ दशमलव ८८ अंकले उकालो लागेर १८ सय ६३ दशमलव ८४ अंकमा चढेको छ ।
यसैगरी फाइनान्स समूहको सूचक पनि २८ दशमलव ६६ अंकले उकालो लागेर सात सय ५५ दशमलव ५१ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक भने यसदिन ५२ दशमलव ३७ अंकले ओरालो लागेर १२ सय ३७ दशमलव ६८ अंकमा झरेकोमा लघुुवित्त समूहको सूचक पनि १३ दशमलव ८१ अंकले ओरालो लागेर २५ सय ९१ दशमलव ६५ अंकमा झरेको छ ।
निर्जीवन बीमा समूहको सूचक पनि ७० दशमलव ११ अंकले ओरालो लागेर आठ हजार ७७ दशमलव ३६ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि ५६ दशमलव २६ अंकले ओरालो लागेर नौ हजार आठ सय २३ दशमलव ६९ अंकमा झरेको छ । यीबाहेक उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः दुुई सय १७, १० दशमलव ३६ र शून्य दशमलव एक अंकले ओरालो लागेको छ ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको खानीखोला हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ८८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रिलायन्स फाइनान्सको सेयर मूल्य नौ दशमलव ६६ प्रतिशतले बढेर छ सय ५९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक सेन्ट्रल फाइनान्स, वेष्ट फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ९९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको लिवर्टी इनर्जी हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले नै घटेर दुई सय ७० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक हिमालयन ऊर्जा विकास कम्पनी, जोशी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीको प्रतिकित्ता छ सय ६५ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड ४७ लाख ६४ हजार पाँच सय १६ रुपैयाँको सेयर किनबेच छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता आठ सय ५८ रुपैयाँ अन्तिम मूल्यमा १६ करोड २९ लाख ४० हजार एक सय ९७ रुपैयाँको सेयर किनबेच भएको छ ।
यीबाहेक नेपाल बैंक, सिभिल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । यसैबीच नेप्सेले सिभिल बैंकसँग स्पष्टीकरण माग गरेको छ । नेप्सेले आइतबार सिभिल बैंकको नाउँमा सूचना जारी गर्दै हिमालयन बैंकसँग मर्जरमा जाने विषयमा भएका हल्लाहरू के हुुन् त्यसको जवाफ आज सोमबार बजार खुला हुुनुअगाडि नै पेस गर्न निर्देशन दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया