सहारा विकास बैंकले कमायो एक करोड २५ लाख
काठमाडौं ।
सहारा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा एक करोड २५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक करोड ९३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार नौ सय ३० रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ८५ करोड ३८ लाख ७६ हजार रुपैयाँ निक्षेप संंकलन गरी ७२ करोड ५१ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ८२ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ५७प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने बैंकले ७८ करोड ८२ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी ६४ करोड ४९ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ४५ लाख ९६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया