आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न मुख्यमन्त्रीको माग
जनकपुरधाम ।
प्रदेश २ सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गर्दै संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई पत्राचार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले सोमबार पठाएको पत्रमा असोज २४ गते आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्ने अवस्था नभएकाले स्थगित गर्न माग गरेका हुन् ।
कोरोना भाइरसको महामारी विद्यमान रहेको र प्रदेश २ महामारीबाट सबैभन्दा बढी प्रभावित रहेको पत्रमा लेखिएको छ । त्यस्तै ट्रेड युनियनको चुनावमा थ्रेसहोल्डको विवाद रहेको र यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पनि निर्वाचन स्थगित गर्नुपर्ने मुख्यमन्त्री राउतले पत्रमा उल्लेख गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया