दोलखा ।
पछिल्लो समय बजारमा आलु तथा प्याजको मूल्य आकासिएको छ । बजारमा आलु तथा प्याजको मूल्य बढेर दोब्बर पुगेको उपभोक्तले बताएका छन् । दोलखाको सदरमुकाम चरीकोटमा पनि एक महिना अवधिमा आलु तथा प्याजको मूल्य दोब्बरले बढेको पाइएको छ । अघिल्लो महिनामा प्रतिकेजी ७० रूपैयाँ रहेको प्याजको मूल्य अहिले बढेर एक सय ५० रूपैयाँ पुगेको छ भने प्रतिकेजी ५० रूपैयाँ पाउने आलुको मूल्य बढेर अहिले ९० रूपैयाँ पुगेको उपभोक्ताले बताएका छन् । दोलखामा मुख्यगरी पाँचवटा बजार रहेका छन् । बजार क्षेत्रबाहेकका अन्य गाउँमा समेत आलु तथा प्याजको मूल्य बढेको स्थानीयको भनाइ छ ।
दोलखामा प्याज प्रतिकेजी एक सय ४० रूपैयाँदेखी एक सय ५० रूपैयाँ रहेको स्थानीय होटल व्यवसायी सुन्दर दाहालले बताए । यस्तै आलुको मूल्य भदौ महिनाको भन्दा दोब्बर भएको उनले बताए । केही समय अघि एक सय रूपैयाँ पाथीमा पाइने आलु अहिले मूल्य बढाएर दुई सय ३० रूपैयाँ पुगेको स्थानीय सुनिता नेपालीले बताइन् । चरीकोट बजारमा अन्य तरकारीको मूल्य पनि बढेको छ । बजारमा पाइने आलु, काउली, साग, टमाटर, प्याजलगायतका तरकारीको मूल्य फुटपाथदेखि सटरका व्यापारीले दैनिकरूपमा बढाउँदै लगेको स्थानीय उपभोक्ताले दुखेसो गरेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया