Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाईको ‘यसपालिको दशैँ तिहार, वेलकम टु हुन्डाई परिवार’ योजना

हुन्डाईको ‘यसपालिको दशैँ तिहार, वेलकम टु हुन्डाई परिवार’ योजना


काठमाडौं ।
हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकहरुहरुलाई लक्षित गरी ‘यसपालिको दशैँ तिहार, वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको छ । दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइए यो योजनाको अवधि असोज ५ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ ।

यस योजनाअन्तर्गत, ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहारअन्तर्गत लक्की–ड्रमार्फत हुन्डाई औरा एक थान र हुन्डाई ग्राण्ड आई १० निओस एक थान जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन् ।

यसैगरी कम्पनीले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरुलाई सम्मानस्वरुप ‘विशेष प्याकेज’ दिने निर्णय पनि गरेको छ । कम्पनीले नेपालभर १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । कम्पनीका अनुसार सबै हुन्डाई गाडीहरु तीन वर्ष वारेन्टी, चार वर्ष फ्रि सर्भिसिङ र एक वर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया