Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्किल सेवाद्वारा सेफ होम इन्स्पेक्सन एण्ड रेनोभेसन सेवा सञ्चालन

स्किल सेवाद्वारा सेफ होम इन्स्पेक्सन एण्ड रेनोभेसन सेवा सञ्चालन


काठमाडौं ।
स्किल सेवा प्रालिले नेपालमा कोरोना महामारी बढेसँगै सेफ होम इन्स्पेक्सन एण्ड रेनोभेसन सेवा सञ्चालन गरिरहेको छ । कम्पनीले कोरोनाको विषम परिस्थितिलाई सामान्य (न्यु नर्मल) बनाउन स्किल होम इन्स्पेक्सन एण्ड रेनोभेसन सेवा सुरु गरेको कम्पनीका प्रमुख ओपरेटिभ अफिसर इ. महेश तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य सुरक्षालाई उच्चतम प्राथमिकता दिँदै यस सेवाअन्तर्गत काम गर्न जाने कामदारहरुले अनिवार्य रुपमा पन्जा, मास्क, आइसिल्डको प्रयोग गर्नेछन् । हरेक पटक कार्यक्षेत्रमा प्रवेश गर्नुपूर्व र फर्किनुअघि अनिवार्य रुपमा तापक्रम जाँच गर्नुको साथसाथै रेनोभेसनको काम सम्पन्न गरी हस्तान्तरण गर्नु पूूर्वकार्य क्षेत्रलाई डिसइनफेक्टेट गर्ने, सेनिटाइज गर्ने र सोको डिप क्लिनिङसमेतको सुविधा दिने कम्पनीले जनाएको छ ।

स्किल सेवा होम इन्स्पेक्सन एण्ड रेनोभेसन एक इञ्जिनियरिङ्ग स्टार्टअप कम्पनी हो । नेपालमा इन्फेक्सन तथा रिनोभेसनको क्षेत्रमा पहिलो र एकमात्र ब्राण्डको रुपमा स्किल सेवाले विगत दुई वर्षदेखि सेवा दिँदै आएको छ । इन्फेक्सनअन्तर्गत कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी घरमा रहेका विभिन्न प्रकारका समस्याहरुलाई वैज्ञानिक हिसाबले दीर्घकालीन समाधानका लागि प्रोफेसनल ढंगले काम गर्दछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया