Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहस्कभर्ना मोटरसाइकल नेपालमा

हस्कभर्ना मोटरसाइकल नेपालमा


काठमाडौं ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपालमा बहुप्रतीक्षित हस्कभर्ना ट्विन्स सार्वजनिक गरेको छ । कम्पनीले स्भार्टपिलेन २५० र भिटपिलेन २५० लाई नेपालमा नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले केटीएम ब्रान्डको अभूतपूर्व सफलतालाई कम्प्लिमेन्ट गर्नलाई हस्कभर्ना ल्याएको जनाएको छ । कम्पनीका अनुसार हस्कभर्ना मोटरसाइकल पनि केटीएम शोरूमबाट बेचिनेछ, जुन केटीएम र हस्कभर्ना दुवै ब्राण्ड बिक्री गर्नको लागि अपग्रेड गरिएको छ ।

हस्कभर्ना स्वार्टपिलेन र भिटपिलेनसँग अद्वितीय स्विडेनी डिजाइन छ, जुन अन्डरस्टेटेड, मिनीमलिष्ट, एलीगेन्ट भएको कारणले अन्य प्रिमियम मोटरसाइकल सेग्मेन्टको मोटरसाइकलभन्दा अत्यन्त भिन्न रहेको कम्पनीको भनाइ छ । स्वार्टपिलेन २५० मा रग्ड डिजाइनको अपराइट स्ट्यान्स हुनुको साथै यो डुअल पर्पज टायरको साथ आउँछ र अन र अफ–रोड दुवै यात्राहरूको लागि उपयुक्त छ ।

भिटपिलन २५० मा स्पोर्टी डिजाइन, क्लिप भएको ह्याण्डलबार र फ्रन्ट लिन राइडिङ पोजिसन छ । कम्पनीका अनुसार २५० सीसीले फ्यूल इन्जेक्टेड, लिक्विड कुल्ड, सिंगल–सिलिन्डर, ४–स्ट्रोक डीओएचसी इन्जिन सुविधा प्रदान गर्दछ, जसले उच्च गतिमा इञ्जिन रिफाइनमेन्टको उच्च स्तरमा पन्ची टर्क उत्पादन गर्दछ । कम्प्याक्ट चेसिस डिजाइन, वाईपी सस्पेन्सन र प्रिमियम गुणस्तरको कम्पोनेन्टहरूको साथ, हस्कभर्ना ट्विन्सले डाइनामिक प्रदर्शन र उत्कृष्ट सवारीको आराम सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया