Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायनेटको ब्राण्ड एम्बेसडर निश्चल बस्नेत र स्वस्तिमा खड्का

भायनेटको ब्राण्ड एम्बेसडर निश्चल बस्नेत र स्वस्तिमा खड्का


काठमाडौं ।
भायनेटले आफ्नो बजार प्रवर्द्धनको लागि प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरेको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समयसापेक्ष हुने भएकोले भायनेटले आफ्ना आगामी बजार प्रवर्द्धनहरुलाई प्रभावकारी ढंग आफ्ना ग्राहकहरुसमक्ष ल्याउन यो जोडीलाई आबद्ध गरेको कम्पनीले जनाएको छ । यस आबद्धताबारे बोल्दै निश्चल र स्वस्तिमाले अहिलेको जमानामा इन्टरनेट नभई नहुने कुरा भएको र भायनेटले जहिले पनि आफ्ना ग्राहकहरुलाई अपडेटेड राख्न मद्दत गर्ने हुँदा यसको विश्वासिलो सेवाले गर्दा आफूहरु यसको ब्राण्ड एम्बेसडर बनेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध

तपाईको प्रतिक्रिया