पाकिस्तानमा प्रधानमन्त्री खानविरुद्ध विपक्षीहरु एकजुट
इस्लामावाद ।
पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको विरुद्धमा विपक्षी दलहरु एकजुट भएका छन् । उनीहरुले खानविरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा गरेका छन् । उनीहरुले खानले तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
विपक्षी दलहरुको सर्वदलीय सम्मेलनमार्फत् आइतबार २६ बुँदे संयुक्त सम्झौता पत्र पनि सार्वजनिक गरेका छन् । सर्वदलीय सम्मेलनमा पाकिस्तान पिपल्स पार्टी (पिपिपि), पाकिस्तान मुस्लीम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरु सहभागी भएका थिए ।
गठबन्धनमा आबद्ध दलहरुले संयुक्त बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौतापत्र सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा जेयुएल एफका प्रमुख मौलाना फजल उर रहमानले सम्झौतापत्र बाचन गर्दै आन्दोलन र गठबन्धनका बारेमा जानकारी दिएका थिए । गठबन्धनको नाम पाकिस्तान लोकतान्त्रिक आन्दोलन राखिएको छ । उनीहरुले देशव्यापी आन्दोलन तथा प्रदर्शनहरु गर्ने तय गरेका छन् । आन्दोलन अक्टोबरदेखि हुने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री खानले गलत कुरालाई स्थापित गर्न खोजेको, निर्वाचनमा प्रभावमा शक्तिको दुरुपयोग गरेको लगायतका आरोपहरु उनीहरुले लगाएका छन् । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पूर्व क्रिकेटर तथा भ्रष्टाचार विरोधी अभियन्ता खानले सरकार बनाएको सुरुका दिनमा निकै लोकप्रियता हासिल गरेका थिए । उनको बारेमा विश्वका अन्य देशहरुले समेत प्रशंसा गर्ने गरेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया