Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगअरुण भ्याली हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच हकप्रद सेयर निष्काशन सम्झौता

अरुण भ्याली हाइड्रोपावर र मुक्तिनाथ क्यापिटलबीच हकप्रद सेयर निष्काशन सम्झौता


काठमाडौं ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि. र मुक्तिनाथ क्यापिटलबीच हकप्रद सेयर निष्काशन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । अरुण भ्याली हाइड्रोपावरको १९औँ वार्षिक साधारणसभाले अनुमोदन गरेको १ बराबर १ सेयरको अनुपातमा ९९ करोड ८३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको थियो । उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष रमेश प्रसाद न्यौपाने तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ दरको ९९ लाख ८३ हजार २ सय ३२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । हकप्रद सेयर निष्काशन गरेपश्चात् कम्पनीको कुल चुक्तापुँजी १ अर्ब ९९ करोड ६६ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले पिलुवाखोलाको पानी उपयोग गरी तीन हजार किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत् आयोजना निर्माण गरी २०५६ सालबाट व्यापारिक उत्पादन गरिरहेको छ । हकप्रद सेयरमार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत् आयोजना र अपर काबेली २ जलविद्युत् आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माणकार्यमा उपयोग गरिने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया