Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १५ सय ४६ अंकमा

बजार परिसूचक १५ सय ४६ अंकमा


काठमाडौं ।
सेयर बजार परिसूचक पुुन ओरालो लागेको छ । अघिल्लो दिन झण्डै सात अंकले ओरालो लागेको बजार परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार २२ दशमलव ९१ अंकले ओरालो लागेर १५ सय ४६ दशमलव १५ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८४ अंकले ओरालो लागेर तीन सय सात दशमलव ३९ अंकमा झरेको छ । यसदिन कुल एक सय ९९ कम्पनीहरूको सेयर किनबेच भएका छन् । ती कम्पनीहरूको ४७ हजार नौ सय ४४ पटकको कारोबारमा ७८ लाख ५६ हजार सात सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा यसदिन कुल कारोबार रकम दुई अर्ब ८१ करोड २८ लाख ५६ हजार पाँच सय ८४ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये सबै समूहको सूचक ओरालो लाग्दा बजार पूरै रातो भएको छ । यसदिन वाणिज्य बैंक समूहको सूचक २२ दशमलव ३६ अंकले ओरालो लागेर १२ सय ४२ दशमलव १० अंकमा झरेकोमा विकास बैंक समूहको सूचक पनि ४० दशमलव तीन अंकले ओरालो लागेर १८ सय १२ दशमलव तीन अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि २४ दशमलव ९१ अंकले ओरालो लागेर १२ सय छ दशमलव ८९ अंकमा झरेकोमा लघुवित्त समूहको सूचक पनि २३ दशमलव २४ अंकले ओरालो लागेर २५ सय ६१ दशमलव तीन अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय १२ दशमलव ६६ अंकले ओरालो लागेर सात हजार नौ सय नौ दशमलव ७३ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय नौ दशमलव ४७ अंकले ओरालो लागेर नौ हजार छ सय ४६ दशमलव ३८ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः दुुई दशमलव १३, १५ दशमलव छ, १२ दशमलव ४९, ३५ दशमलव चार, सात दशमलव २२ र शून्य दशमलव शून्य आठ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको युनाइटेड फाइनान्सको सेयर मूल्य आठ दशमलव १८ प्रतिशतले बढेर दुुई सय ३८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि चार दशमलव ६५ प्रतिशतले बढेर एक सय ३५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, लक्ष्मी उन्नति कोष आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको लिवर्टी इनर्जी कम्पनीको सेयर मूल्य नौ दशमलव ८८ प्रतिशतले घटेर दुुई सय १९ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य नौ दशमलव ४७ प्रतिशतले घटेर ८६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मल्टीपर्पोस फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् । यसदिन सबैभन्दा बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ । उक्त कम्पनीको प्रतिकित्ता १३ सय ३८ रुपैयाँ अन्तिम मूल्यमा ३१ करोड ८९ लाख ४२ हजार तीन सय ८३ रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता तीन सय २५ रुपैयाँ अन्तिम मूल्यमा १९ करोड नौ लाख १५ हजार पाँच सय ८६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, एनएमबी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन एनएमबी बैंकको क्षेत्रीयस्तरको कञ्चन डेचलपमेन्ट बैंकलाई प्राप्ती गरेपश्चात्को ४९ लाख ६७ हजार छ सय ५५ कित्ता सेयर नियमित कारोबारको लागि सूचीकृत भएको छ । यसैगरी प्रभु बैंकको पनि १० प्रतिशत डिबेञ्चर २०८४ अन्तर्गतको २० लाख युनिट डिबेञ्चर सूचीकृत भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया