Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंकद्वारा कर्जाको ब्याजमा छुट

महालक्ष्मी विकास बैंकद्वारा कर्जाको ब्याजमा छुट


काठमाडौं ।
महालक्ष्मी विकास बैंकले कर्जाको ब्याजमा छुुट दिएको छ । बैंकका अनुसार हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरूलाई राहत पु-याउने उद्देश्यले ऋणीहरूले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरिएको हो । ग्राहकहरूले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमानदारीताको कदर गर्दै बैंकले केही कर्जाहरूमा ब्याजदर समेत घटाएको जानकारी दिएको छ ।

बैंकले हाल देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूमा एक सय दुुई वटा शाखा तथा ३४ वटा एटीएमहरूमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकमा हाल कुुल ग्राहक संख्या पाँच लाखभन्दा बढी पुगेको छ । बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ४२ करोड ८५ लाख ६४ हजार छ सय ७३ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६५ करोड ७७ लाख ७२ हजार पाँच सय ५४ रुपैयाँ रहेको थियो ।हाल चुक्ता पुँजी तीन अर्र्ब सात करोड २० लाख ६१ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४९ करोड २१ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ५४ करोड ४१ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ३५ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने २० करोड ३२ लाख ३१ हजार तीन सय ९० रुपैयाँ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया