Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकद्वारा तिलगंगा आँखा अस्पताललाई सहयोग

ज्योति विकास बैंकद्वारा तिलगंगा आँखा अस्पताललाई सहयोग


काठमाडौं ।
ज्योति विकास बैंकले कोभिडसम्बन्धी अनुसन्धानको लागि तिलगंगा अस्पताललाई सहयोग गरेको छ । बैंकले तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको डिटेक्सन अफ सार्स कोभ २ को लागि बैंकले सामाजिक उत्तरदायित्वको लागि स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत दुई लाख रुपैयाँबराबरको आर्थिक सहयोग गरेको हो ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानको अनुसन्धान विभागका निर्देशक डा. सुमन थापाले उक्त सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । तिलगंगा आँखा प्रतिष्ठानअन्तर्गतको अनुसन्धान विभागले डा. सन्दुक रुइतको संयोजकत्वमा गरिरहेको उक्त अनुसन्धानमा कोरोना भाइरस र आँखाबीचको सम्बन्धको अध्ययन भइरहेको हो । अनुसन्धानले नेपाली कोरोना संक्रमितहरूको आँखामा कोरोना भाइरसको असर र आँखाबाट भाइरस संक्रमणसम्बन्धी अध्ययन गरिरहेको हो । नेपालमा यस किसिमको अनुसन्धान पहिलो पटक भइरहेको हो ।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरूपमा रहेका सम्भावनाहरूको पहिचान गरी त्यस्ता सम्भावनाहरूलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरूसँग प्रत्यक्षरूपमा जोडिएर सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यहरू गर्दै आएको छ । बैंकले हाल एक सय पाँचवटा शाखा एउटा, एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ३७ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया