चीनमा गरिबी निवारण गर्न १५ खर्ब परिचालन
बेइजिङ ।
चीनले विगत पाँच वर्षमा गरिबी निवारणका लागि १५ खर्ब चिनियाँ युआनभन्दा बढी लगानी गरेको सरकारी अधिकारीले आइतबार जानकारी गराएका छन् । चीनको राष्ट्रिय विकास बैंकद्वारा सार्वजनिक गरेको तथ्यांकमा सन् २०१६ देखि चालू वर्षको अगष्टसम्ममा गरिबी निवारणका लागि चिनियाँ राष्ट्रिय विकास बैंकले १५ खर्ब चिनियाँ युआनको ऋण परिचालन गरेको बताएको छ । बैंकले गरिबी निवारणका लागि अल्पसंख्यक तथा गरिब समुदायको आर्थिक तथा सामाजिक दिगो विकासका लागि उक्त ऋण सहयोग दिएको हो ।
केही वर्षयता सरकारको गरिबी निवारणको नीतिलाई मजबुत बनाउनुका साथै बैंक र सरकारबीचको सहयोगलाई बलियो पारिएको र जिम्मेवारीलाई व्यवहारमा उतार्दै गरिब समुदाय रहेका क्षेत्रमा गरिबी निवारण कार्यक्रमलाई प्रोत्साहन गरिएको छ । बैंकले मध्य तथा दीर्घकालीन समयका लागि ऋण लगानी गर्दै बैंकिङ सेवाद्वारा नागरिक अर्थतन्त्रको महत्वपूर्ण मध्य तथा दीर्घकालीन विकास रणनीतिका लागि सेवा प्रदान गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया