भारतमा एकैदिनमा संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै धेरै
नयाँ दिल्ली ।
भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले बिरामीहरु संक्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा संक्रमणमुक्त भएकाहरुको संख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको मंगलबार जानकारी दिएको छ । मन्त्रालयले कुल संक्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरु संक्रमणमुक्त भएको पनि जनाएको छ ।
मन्त्रालयको सामाजिक सञ्जालको आधिकारिक पेजमा लेखिएको छ, ‘भारतमा संक्रमणमुक्त भएकाहरुको दैनिक सङ्ख्या उच्च हुँदै गएको छ, यो सङ्ख्या र अनुपात विश्वमै सवैभन्दा धेरै हो ।’ भारतमा सोमबारसम्ममा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ५४ लाख ८७ हजार पाँच सय ८१ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये दश लाख तीन हजार दुई सय ९९ जना अझै पनि सक्रिय संक्रमित अवस्थामै रहेका छन् भने अरु ४३ लाख ९६ हजार तीन सय ९९ जना संक्रमणमुक्त भएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया