कोरोना कहर : बेलायतीहरुलाई सम्भव भएसम्म घरबाटै काम गर्न आग्रह
लन्डन ।
बेलायतीहरुलाई घरबाटै सम्भव भएसम्म काम गर्न आग्रह गरिएको छ । बीबीसीका अनुसार क्याबिनेट अफिस मिनिस्टरले कोरोनाको अर्को लहर फैलिनसक्ने भन्दै घरबाटै मानिसहरुलाई काम गर्न आग्रह गरेको बताएका हुन् ।
यसका साथै बिहीबारदेखि अहिले खुलेका पब, रेस्टुराँ र अन्य हस्पिटालिटीसम्बन्धी कुराहरु राति १० बजेपछि अनिवार्य बन्द गर्नुपर्ने भएको छ । सामान्य क्रियाकलाप नियन्त्रणबारे पछि प्रधानमन्त्री बोरिस जोन्सनले संसद्मा जानकारी दिने बीबीसीले जनाएको छ । प्रधानमन्त्री जोन्सनले स्कटल्यान्ड, वेल्स र नर्दर्न आयरल्यान्डका फर्स्ट मिनिस्टरहरुलाई समेत यसबारे भेटेर छलफल गरिसकेका छन् ।
उक्त भेन्युहरुमा पनि टेबल सर्भिसलाई मात्रै मान्यता दिने गरी कडाइ गरिने जनाइएको छ । जुलाईमा जोन्सनले मानिसहरुलाई अफिस गएर काम गर्ने तयारीमा लाग्न आग्रह गरेका थिए । क्याबिनेट अफिस मिनिस्टर माइकेल गोवले कार्यक्षेत्रमा सुरक्षित हुनसक्ने भए काम गर्दा हुने भए पनि अन्यथा अवस्थामा घरबाटै सम्भव भएसम्म काम गर्न आग्रह गरे । कोरोना महामारी नसकिएकाले मानिसहरुलाई यस्तो आग्रह गरिएको हो ।
स्कटल्यान्ड, वेल्स र नर्दर्न आयरल्यान्डले पनि मानिसहरुलाई यस्तै आग्रह गरिसकेको छ । अब केही कडाइ गरिनलागे पनि पहिलेजस्तो अत्यन्त कडाइ भने नहुने बताइएको छ । प्रतिपक्षी नेताहरुले भने फेरि बेलायत लकडाउनमा जान लागेको भन्दै यसलाई सरकारी असफलतासँग दाँजेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया