कोरोना संक्रमण पुनः बढ्न थालेपछि घट्यो एसियाली सेयरबजार
काठमाडौं ।
मंगलबार एसियाली सेयरबजार नकारात्मक दिशामा गएको छ । अमेरिका र बेलायत जस्ता देशमा कोरोना संक्रमण बढ्दै गर्दा लगानीकर्ताहरु डराएका हुन् । अस्ट्रेलिया, हङकङ, चीन र दक्षिण कोरियाका सेयरबजार ओरालो लागेका हुन् ।
त्यस्तै लगानीकर्ताहरु अमेरिकी अर्थतन्त्रलाई वित्तीय सहयोग सरकारले दिने आशा मरेसँगै त्यसको असर सेयरबजारमा देखिएको छ । यद्यपि युरोपेली बजार भने मंगलबार सुरुवाती कारोबारमा धेरै नै अंकले बढेका थिए । लन्डनको १०० सेयर इन्डेक्स शून्य दशमलव चार प्रतिशतले बढेर ५८२६.२४ विन्दुमा रोकिएको थियो ।
त्यसअघि अस्ट्रेलियाको अल अर्डिनरी भने शून्य दशमलव सात प्रतिशतले घटेर ५९७३.५० अंकमा पुगेको थियो । त्यस्तै हङकङको हांग सेंग पनि १ प्रतिशतले घटेर २३७२०.०६ अंकमा पुगेको थियो । चीनको सांघाई कम्पोजिट १.३ प्रतिशतले घटेर ३२७४.३० विन्दुमा पुगेको थियो भने दक्षिण कोरियाको कोस्पी २.३८ प्रतिशतले घटेर २३३२.५९ अंकमा रोकिएको छ ।
जापानको बजार भने मंगलबार विदाका कारण बन्द भएको थियो । सोमबार बेलायत र अमेरिकी सेयरबजारमा ठूलो गिरावट आएको थियो । संक्रमण दर बढेपछि सेयरबजारमा त्यसको प्रभाव देखिएको थियो । सो क्रममा ५० अर्ब पाउन्डभन्दा बढी स्वाहा भएको बताइएको छ । अमेरिकी र बेलायती सेयरबजारमा यस्तो अवस्थापछि एसियाली सेयरबजारमा त्यसको नकारात्मक प्रभाव परेको हो । चीनको अर्थतन्त्र पुनरुत्थान भइरहँदा पछिल्लो समय सकारात्मक बनिरहेको एसियाली सेयरबजारमा पश्चिमा सेयरबजारको अवस्थाले पिरोलेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया