Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकामका लागि विदेशिएका धमाधम फर्किंदै

कामका लागि विदेशिएका धमाधम फर्किंदै


काठमाडौं ।
कोभिड १९ का कारण सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई फर्काउनथालेको करिब चार महिना भएको छ । यो चार महिनाको समय अर्थात् मंगलबारसम्ममा सरकारले ३१ वटा मुलुकबाट ७२ हजार नौ सय ५० जना नेपालीको उद्धार गरेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जानकारी दिएको छ ।

केन्द्रका अनुसार ३१ वटा मुलुकमा अलपत्र परेका महिला र पुरुष गरी उक्त संख्यामा स्वदेश फर्काइएको हो । यसमा सबैभन्दा बढी श्रमिक, विद्यार्थी, व्यवसायी तथा भ्रमणका लागि समेत गएका व्यक्तिहरु रहेका छन् । यसरी फर्किनेहरुमध्ये वैदेशिक रोजगारीको क्रममा मलेसिया र खाडी मुलुकमा रहेको युवाहरुको संख्या बढी छ भने अध्ययनको लागि युरोप र अष्ट्रेलिया पुगेका विद्यार्थीहरु समेत रहेका छन् ।

करिब ७३ हजारमध्ये संयुक्त अरब इमिरेटस (यूएई)बाट २१ हजार एक सय १० जना, साउदी अरेबियाबाट ११ हजार एक सय १७ जना, मलेसियाबाट १० हजार नौ सय सात जना, कतारबाट नौ हजार पाँच सय ५८ जना, कुवेतबाट आठ हजार १६ जना, दक्षिण कोरियाबाट एक हजार चार सय ४७ जना, अष्ट्रेलियाबाट एक हजार ९१ जना, ओमानबाट एक हजार एक सय ५० जनाको उद्धार गरिएको केन्द्रले जानकारी दिएको छ ।

केन्द्रले खाडीमा मात्र नभएर एसियाका अन्य मुलुकहरु जापान, बहराइन, बंगालदेश, सिंगापुरका साथै अमेरिका, टर्कीलगायतका मुलुकबाट समेत नेपाली नागरिकको उद्धार गरेको छ । त्यसैगरी जापानबाट एक हजार सात सय ५४ जना, बहराइनबाट एक हजार एक सय २८ जना, बंगलादेशबाट आठ सय ८८ जना, माल्दिभ्सबाट आठ सय ५६ जना, सिंगापुर पाँच सय ५५ जना, थाइल्याण्डबाट तीन सय २६ जना, अमेरिकाबाट चार सय २३ जना, टर्कीबाट सात सय ९९, चीनबाट तीन सय ३० जना, दक्षिण सुडानबाट दुई सय ५० जना, बेलायत दुई सय २९ जना, हङकंङ दुई सय ३३ जना, इजरायल एक सय २७ जना, फिलिपिन्सबाट दुई सय एक जना, पाकिस्तानबाट एक सय ११ जनाको उद्धार गरिएको छ ।

यस्तै उद्धारको क्रममा भारतबाट ८५ जना, मध्यअफ्रिकी गणराज्यबाट ६८ जना, साइप्रसबाट ६४ जना, अफगानिस्तान ५० जना, इराकबाट ३९ जना, म्यान्मारबाट २६ जना, स्विट्जरल्याण्ड १० जना र सबैभन्दा कम श्रीलंकाबाट पाँच जनाको उद्धार गरिएको छ । सरकारले अलपत्र नागरिकलाई उद्धारको क्रममा पीसीआर परीक्षण (नेगेटिभ) अनिवार्य गरेको छ भने स्वदेश फर्किएसँगै क्वारेन्टाइनमा बस्नुपर्ने तथा क्वारेन्टाइनपश्चात् सम्बन्धित प्रदेशमा पठाउने गरेको छ । पछिल्लो समय भने पीसीआर परीक्षण नेगेटिभ आएको हकमा भने सम्बन्धित प्रदेश तथा स्थानीय तहमा पठाउने गरेको छ ।

सोही क्रममा विदेशबाट फर्किएका युवाहरुलाई स्वदेश फर्किएपछि क्वारेन्टाइनमा राखी सम्बन्धित प्रदेश पठाउने क्रममा सातवटै प्रदेशमा युवाहरुलाई पठाएको छ । स्वदेश फर्किएकामध्ये प्रदेशमा पठाउने क्रममा वाग्मती प्रदेशमा १८ हजार एक सय ८६ जना, प्रदेश १ मा १४ हजार तीन सय ८१ जना, प्रदेश २ मा ११ हजार छ सय ८० जना, प्रदेश नम्बर ५ मा ११ हजार तीन सय ७९ जना, गण्डकीमा आठ हजार आठ सय ६३ जना, कर्णाली एक हजार पाँच सय छ जना, सुदूरपश्चिम एक हजार सात सय १६ जना पठाइएको छ । यस्तै प्रदेशगत विवरण प्राप्त नभएको पाँच हजार दुई सय ३९ जनालाई समेत विभिन्न स्थानमा पठाएको छ ।

अन्तर्राष्ट्रिय उडान खुल्ला गरे पनि सरकारले उद्धारको कार्यक्रमलाई निरन्तरता दिएको छ । केन्द्रका अधिकारीका अनुसार अन्तर्राष्ट्रिय उडान खुल्ला गरे पनि चार्टर्ड विमानमार्फत उद्धार गरिने बताए । यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज १५ देखि खाडीका तीन देश कतार, साउदी अरेबिया र कुवेतमा नियमित उडान गर्ने जनाएको छ ।

मन्त्रालयले कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्नलागेको हो । योसँगै उक्त मुलुकमा रहेका नेपाली नागरिकहर सहजै स्वदेश फर्किन सक्नेछन् । हाल चार्टर्ड र उद्धार उडानमात्र भइरहेको पीसीआर सहज नभएकोले भदौ १६ देखि सुरु भएको अन्तर्राष्ट्रिय उडान नियमित हुनसकेको थिएन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया