हुम्लामा चीनले नेपाली भूमि नमिचेको परराष्ट्रमन्त्रीको भनाइ
काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हुम्लाको नाम्खा गाउँपालिकाको लिमिमा चीनले नेपाली भूमि नमिचेको बताएका छन् । २०७३ सालमा नेपाली सरकारी अधिकारीहरुले गरेको अध्ययनमा अहिले चीनले भवन बनाएको सो ठाउँ चीनकै भएको प्रतिवेदन दिएको भन्दै मन्त्री ज्ञवालीले सीमा नमिचिएको बताएका हुन् ।
बुधबार सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले उक्त कुराको जानकारी दिएका हुन् । सो ठाउँमा चीनले नेपाली भूमिमा भवन बनाएको समाचारहरु सार्वजनिक भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी, नाम्खा गाउँपालिकाका अध्यक्ष र सुरक्षा निकायका प्रमुखहरु स्थलगत अध्ययनमा गएका थिए । चीनले पनि ती भवनहरु बनेको क्षेत्र आफ्नो भूभागमा भएको दाबी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाको टोलीले गरेको स्थलगत अध्ययनमा त्यसका बारेमा थप सत्य आउने मन्त्री ज्ञवालीको भनाइ छ । मन्त्री ज्ञवालीका अनुसार २०७३ सालमा पनि यस्तै समाचार आएपछि त्यतिबेलाको सरकारले अन्तर मन्त्रालय छानबिन समिति गठन गरेर अध्ययन गरेको थियो । उक्त छानबिन टोलीमा गृह, परराष्ट्र, नापी विभागसहितका अधिकारी थिए । टोलीले स्थलगत अध्ययन गरेको थियो ।
त्यतिबेला बनेका घरहरु नेपाल चीन सीमाको एक किलोमिटर भित्र चिनियाँ भूभागमा रहेको प्रतिवेदन दिइएको थियो । चीनले नेपाली भूमि मिचेको भनेर बुधबार केही व्यक्तिले काठमाडौंस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया