Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार नाकामै बेरियर र जँँचपास राखिएपछि विरोध

भन्सार नाकामै बेरियर र जँँचपास राखिएपछि विरोध


जिएम यादव
बाँके ।
नेपालगञ्ज भन्सार कार्यालयले जमुनाह नाकामै चेकजाँच गरी जाँचपास गर्न सुरु गरेको छ । हालसम्म नाकामा यात्रु शाखा मात्रै रहेकोमा अब भन्सारमै जाँचपासको काम सुरु गर्न जाँचपास शाखालाई पनि नाकामै लगिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए । राजश्व चुवाहट रोक्ने उद्देश्यले पनि नाकामा भन्सार लगिएपछि विरोध सुरु भएको छ ।

आवागमन गर्नेलाई अप्ठ्यारो हुने बहानामा भन्सारमा बेरियर नै बनाउन नदिने भन्दै अवरोध सुरु भएको भन्सार कार्यालयका कर्मचारीहरूले जानकारी दिएका छन् । उनीहरूले नाकामा बेरियर बनाए भत्काउने धम्की दिँदै केही व्यक्तिहरू भन्सारमा दबाब दिन पुगेको जानकारी दिएका छन् । ‘राजस्व चुवाहट रोकेर भन्सार राजस्व बढाउनका लागि साबिकको भन्सार नाकामा सार्दा प्रभावकारी हुने विश्वास छ’, भन्सार प्रमुख निरौलाले भने, ‘मुद्दा शाखाबाहेक अन्य सबै शाखा नाकामै सार्ने तयारीमा छौँ ।’ भन्सारमा बनाउने भनिएको बेरियरको निर्माण दुई दिन ढिला सुरु भएको छ । भन्सार प्रमुख निरौला भन्छन्, ‘बेरियर नबनाउनका लागि दबाब आएको छ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भन्सार चोरी निकासी सहय नहुने बताए । ‘राज्यलाई नोक्सान हुने काम हुन नदिन प्रशासन सक्रियतापूर्वक लागेको छ’, उनले भने । भन्सारमा यात्रुलाई दुःख हुन्छ भन्ने बहानामा बेरियर बनाउन नदिएर तस्करलाई फाइदा पु-याउन स्थानीय नेता नै सक्रिय रहेको उल्लेख गर्दै प्रजिअ कुरुम्वाङले भने, ‘प्रहरी सुरक्षामा बेरियर बनाउने काम सुरु भएको छ ।’ उनले बेरियरले भन्सार छल्ने तस्करबाहेक अन्य कसैलाई अवरोध नहुने बताए । ‘नाकामै जाँचपास हुँदा भन्सार छलीको सम्भावना कम हुन्छ’, उनले भने, ‘त्यसैले यसको विरोध गर्नु तस्करलाई सघाउन खोज्नु हो ।’

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख निरौलाले बिस्तारै साबिकको भन्सारको कामहरू नाकाबाटै गरिने बताए । ‘छरिएको भन्सारलाई एकत्रित गर्न खोजिएको हो’, उनले भने, ‘त्यसका लागि नाकामा थप पूर्वाधारहरू पनि बनाइनेछ ।’ नेपालगञ्ज भन्सार कार्यालयले चालू आवको दुई महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

गत आवमा कोरोनाका कारण भएको लकडाउनका कारण राजस्व संकलन ह्वात्तै घटेको भन्सारले चालू आवमा आर्थिक क्षेत्रहरू खुल्दै गएपछि आयात, निर्यातमा भएको वृद्धि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो । कोरोना भाइरस महामारी संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजस्व घाटा व्यहोरेको नेपालगञ्ज भन्सार कार्यालयले चालू आवको साउन र भदौ महिनामा भने लक्ष्यभन्दा अधिक राजस्व संकलन गरेको भन्सार प्रमुख शान्तिराम निरौलाले जानकारी दिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया