काठमाडौं ।
नेपाल वायुसेवा निगमले नौ ठाउँमा आन्तरिक उडान सुचारु गरेको छ । निगमले भोजपुर, दाङ्ग, ताप्लेजुङ्ग, खानीडाँडा, रुकुम, नेपालगञ्ज, बाजुरा, थामखर्क र फाप्लु उडान शुचारु गरेको हो । त्यसमध्ये काठमाडौंबाट सोझै उडानका साथै रुकुम–नेपालगञ्ज, नेपालगञ्ज–जुम्ला, जुम्ला–नेपालगञ्ज, नेपालगञ्ज–रुकुम, नेपालगञ्ज–बाजुरा र बाजुरा–नेपालगञ्जका लागि पनि उडान निर्धारण गरिएको छ ।
यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको तीन दिन, कतै हप्ताको २ दिन र कतै दुई दिन उडान तालिका निर्धारण गरिएको निगमले जनाएको छ । उडानका लागि नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य सम्वन्धी मापदण्डलाई आधार मानिएको छ ।
निगमले काठमाडौं–रुकुम–काठमाडौं, रुकुम–नेपालगञ्ज–रुकुम आइतबार र बिहीबार, नेपालगञ्ज–जुम्ला–नेपालगञ्ज आइतबार, काठमाडौं–भोजपुर–काठमाडौं सोमबार, मंगलबार र शुक्रबार उडान गरिरहेको छ । यसैगरी काठमाडौं–दाङ्ग–काठमाडौं सोमबार, बुधबार र शुक्रबार, काठमाडौं–फाप्लु–काठमाडौ आईतबार र मंगलबार, काठमाडौं–थामखर्क–काठमाडौ बुधबार, नेपालगञ्ज–बाजुरा–नेपालगञ्ज बिहीबार, काठमाडौं–ताप्लेजुङ्ग–काठमाडौं र काठमाडौं–खानीडाँडाँ–काठमाडौं शनिबार र बुधबार उडान भर्ने गरेको निगमले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’
- वीरगञ्जको घडीअर्वा पोखरीमा छठको तयारी थालियो
- थुनुवा मृत अवस्थामा फेला
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया