Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरम्भ लघुुवित्तको नाफा तीन करोड २२ लाख

आरम्भ लघुुवित्तको नाफा तीन करोड २२ लाख


काठमाडौं ।
आरम्भ लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा तीन करोड २२ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुई करोड ८५ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथौ त्रैमासिक अवधिमा ८८ करोड ५७ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ५१ करोड ५९ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ७९ लाख ६० हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड २० लाख ५९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ४४ प्रतिशत रहेको छ ।

संस्थाले अघिल्लो आवको सोही अवधिमा भने ४७ करोड ३१ लाख दुुई हजार रूपैंयाँ निक्षेप संकलन गरी एक अर्ब ५६ करोड ३६ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ५३ लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड १३ लाख १६ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव ५१ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया