पुतलीबजारका जनप्रतिनिधिद्वारा कोरोना राहतकोषमा ६ लाख जम्मा
स्याङ्जा ।
स्याङ्जा सदरमुकाम पुतलीबजारमा रहेका पुतलीबजार नगरपालिकाका जनप्रतिनिधिहरूले नगरपालिकाद्वारा सञ्चालित कोराना राहात कोषमा छ लाख ४० हजार दुई सय ५० रूपैयाँ जम्मा गरेका छन् । पुतलीबजार नगरपालिकाका ७३ जना जनप्रतिनिधिहरूले आफूले पाउने मासिक सुविधाबाट आधा रकम सहयोग गरेका नगरपालिकाका प्रवक्ता ख्यामनारायण अधिकारीले जानकारी दिए । जनप्रतिनिधिहरूले गरेको आर्थिक सहयोग नियमअनुसार कोरोना नियन्त्रणमा खर्च हुने प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालले बताए ।
राहतकोषमा नगरप्रमुख सिमाकुमारी क्षेत्रीले २० हजार दुई सय ५०, उपप्रमुख महेश पुरीले २३ हजार पाँच सय, नगरापालिकाभित्र रहेका १४ वटा वडा अक्षध्यहरूले प्रतिव्यक्ति १३ हजार र सात जना कार्यपालिका सदस्यहरूले प्रतिव्यक्ति ११ हजार रूपैयाँ नगद सहयोग गरेका हुन् । त्यसैगरी ५० जना सबै प्रकारका वडा सदस्यहरूले प्रतिव्यक्ति छ हजार सात सय ५० रूपैयाँ सहयोग गरेका हुन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया