भारतीय सुरक्षाकर्मीको अवरोधले हलियाको घर निर्माण अधुरै
कञ्चनपुर ।
भारतीय अवरोधका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्तहलिया परिवारले घर निर्माण गर्न पाएका छैनन् । सीमा क्षेत्रनजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्तहलिया परिवारलाई भारतीय सुरक्षाकर्मीले घर निर्माणमा अवरोध गरेपछि निर्माणको कार्य अधुरै रहेको हो । पुनस्र्थापन कार्यक्रमअन्तर्गत सरकारले घर मर्मतका लागि रकम उपलब्ध गराएपछि झुपडीमा बस्दै आएका मुक्तहलिया परिवारले दुई वर्ष अघिदेखि घर निर्माणको कार्य सुरु गरेका थिए ।
घर निर्माण सुरु कार्य गरे भारतीय सीमा सुरक्षा बलले आएर अवरोध गर्न थालेपछि रातको समयमा प्लास्टिक छानो राख्नेसम्म कार्य भएको जानकारी दिँदै मुक्तहलिया परिवारका कमला सार्कीले भनिन्, ‘छानो राख्न थालेपछि भारतीय सुरक्षाकर्मीले राख्न दिएनन् ।’ भारतीय सुरक्षाकर्मीले छानामा जस्तापाता राख्न नदिएपछि प्लाष्टिक राखेर मुक्तहलिया परिवार निर्माण गरिएको घरमा बस्दै आएका छन् । कामलाका अनुसार भारतीय सुरक्षाकर्मीले आफूहरूलाई सो क्षेत्र भारतमा पर्ने भन्दै घर बनाउन रोक्दै आएका छन् ।
‘भारतीय सुरक्षाकर्मीले घरमै आएर जग्गा खाली गर्नोस् भन्छन्’, ७० वर्षीया लक्ष्मी सार्कीले भनिन्, ‘भारतीय सुरक्षाकर्मीको धम्कीको बेवास्ता गर्दै रातिका बेला घर निर्माण गरेका छौँ । छानो राख्न नदिँदा निकै समस्या भएको छ । वर्षाको पानी प्लाष्टिकको छानोबाट भित्र छिर्ने भएकाले अनिदोमै रात काट्नु परेको छ ।’ भारतीय सुरक्षाकर्मीले दैनिक घरमै पुगेर जग्गा छोड्न धम्की दिँदै आए पनि मुक्तहलिया परिवार वर्षौँदेखि बस्दै आएका जग्गा छोड्न तयार छैनन् । निर्माण गरिएको घरमा मुक्त हलिया परिवारले ढोकासमेत राख्न सकेका छैनन् । खुला ढोका भएको घरमै मुक्तहलिया परिवार बस्दै आएका छन् ।
‘नेपाली भूमिमै घर निर्माण गरेका छौँ’, खडकबहादुर सार्कीले भने, ‘यस क्षेत्रलाई छोडेर जादैनौँ । तीन दशक यसै ठाउँमा बिताएका छौँ । यो ठाउँ छाडेर अरु कुन ठाउँमा गएर बस्ने ? जग्गा भनेको यही नै हो । यत्तिका वर्ष यस क्षेत्रमा बसोबास गर्दा कसैले केही भनेनन् । हाल आएर भारतीय पक्षले जग्गा छोड्न दबाब दिँदै आएका छन् ।’ नेपाली जग्गामै घर रहेकाले हटाउन नहुने नेपाली सुरक्षा निकायले भन्दै आएको मुक्त हलिया परिवारको भनाइ छ । मुक्त हलिया परिवार विगत ३० वर्षदेखि यस क्षेत्रमा बस्दै आएका छन् । विवादास्पद टनकपुर बाँध नजिकै घरबासका लागि मात्रै मुक्तहलिया परिवारसँग जग्गा रहेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया