Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोलखाका २१ वटा सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन हुने

दोलखाका २१ वटा सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन हुने


सुबास बस्नेत
दोलखा ।
हिमाली जिल्ला दोलखाका २१ वटा सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालन हुने भएको छ । वाग्मती प्रदेश सरकारले दोलखाका २१ वटा सरकारी विद्यालयमा एक/एक जना स्वास्थ्य कर्मचारी राखेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

उक्त कार्यक्रम सञ्चालनको लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा नै प्रदेशभित्रका विद्यालयहरू छनोट गरेको थियो । गत आवमा दोलखाका तीनवटा विद्यालय छनोटमा परेका थिए ।

प्रदेश सरकारले उक्त कार्यक्रमको लागि चालू आवमा दुई नगरपालिकासहित सात गाउँपालिकामा १८ वटा सरकारी विद्यालय छनोट गरेको छ । वाग्मती प्रदेशले उक्त कार्यक्रमको लागि जिल्लाको प्रत्येक स्थानीय तहको दुई/दुईवटा माध्यमिक विद्यालय छनोट गरेको हो ।

वाग्मती प्रदेशअन्तर्गतको सामाजिक विकास मन्त्रालयले गत वर्ष भीमेश्वर तथा जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकामा सो कार्यक्रम सुरु गरेको थियो । चालू आवमा उक्त कार्यक्रमको लागि जिरी नगरपालिका वडा नम्बर २ एलुङस्थित बौद्ध भुवनेश्वरी मावि र वडा नम्बर ९ स्थित कालिका मावि छनोटमा परेका छन् ।

यस्तै भीमेश्वर नगरपालिकाको वडा नम्बर १ स्थित क्षमावती मावि र वडा नम्बर ९ स्थित सुर्के मावि, वैतेश्वर गाउँपालिकाको वडा नम्बर ८ स्थित क्षेत्रवती मावि र वडा नम्बर ३ स्थित कालिढुंगा मावि, तामाकोसी गाउँपालिकाको वडा नम्बर १ स्थित नारायणी मावि र वडा नम्बर ३ स्थित सितापाइला मावि, छनोटमा परेका छन् ।

यसैगरी, शैलुङ गाउँपालिकाको शारदा मावि र विरेन्द्र मावि, कालिञ्चोक गाउँपालिकाको लापिलाङ मावि र बालोदय मावि, मेलुङ गाउँपालिकाको डाडाँखर्क मावि र त्रिभुवन मावि, गौरीशंकर गाउँपालिकाको निलकण्ठेश्वर मावि र मानेडाँडा मावि र विगु गाउँपालिकाको गौरीशंकर मावि र तित्रे मावि उक्त कार्यक्रमको लागि छनोटमा परेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया