भारतको यस वर्षको अन्तर्राष्ट्रिय चलचित्र मेला अर्को वर्षलाई स-यो
नयाँ दिल्ली ।
भारतमा हुने बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नहुने भएको छ । यस बर्ष हुने मेला अर्को वर्ष मात्रै आयोजना गर्ने गरी सारिएको छ । यस वर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने तय भएको थियो ।
भारतमा कोरोनाभाइरसको महामारी फैलिने क्रम नरोकिएकाले यस बर्ष मेला आयोजना गर्न सकिने संभावना कम देखेर सारिएको अधिकारीहरुले जनाएका छन् ।आयोजकहरुको आधिकारिक ट्विटर हेन्डलमार्फत कार्यक्रम सारिएको बारेमा जानकारी गराइएको हो । उनीहरुले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यस वर्ष आयोजना गर्ने तय भएको ५१औँ संस्करणको अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष गर्न नसकिने भएको छ ।
यो मेला अहिलेलाई स्थगित गरेर अर्को बर्ष सन् २०२१ को जनवरी १६ देखि २४ सम्म गर्ने तय भएको छ ।’ विगत पाँच दशकदेखि हुँदै आएको भारतको बहुप्रतिष्ठित वार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस वर्ष नोभेम्बर २० देखि २८ सम्म आयोजना गर्ने तय भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया