मापदण्डविपरीत सञ्चालनमा रहेको बर पिपल पानी उद्योग सिल
जिएम यादव
बाँके ।
बाँकेको कोहलपुर नगरपालिकाको वडा नम्बर ११ मा रहेको मुक्तिनाथ ड्रिङ्किङ वाटर उद्योगद्वारा सञ्चालित बर पिपल पानी उद्योग सिल गरिएको छ । जिल्ला प्रशासन कार्यलय, खाद्य तथा गुण नियन्त्रण कार्यलयलगायतको संयुक्त अनुगमन टोलीले न्यूनतम पूर्वाधारबिना उद्योग सञ्चालनमा ल्याएको र यसअघिको पानी परीक्षणका क्रममा खानयोग्य नरहेकाले उद्योग सिल गरिएको कोहलपुर नगरपालिकाका अधिकृत वीरबहादुर विकले जानकारी दिए ।
यसअघि सो उद्योगलाई पूर्वाधार उपयुक्त नरहेको भन्दै सुधारका लागि निर्देशन दिइएको भए पनि सुधार नगरी उद्योग सञ्चालन गरेको पाइएकाले उद्योग सिल गरिएको विकले बताए । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यलय, गुणस्तर तथा नाप तौल बिभागको टोली, कोहलपुर नगरपालिका र प्रहरीको सहभागिता रहेको थियो । पानी उद्योग सञ्चालनका लागि आफ्नै ल्याब सञ्चालनमा ल्याउनुपर्ने, पानीको जार र बोतलमा उत्पादन मिति र व्याच नम्बर लगाउनु पर्ने, पानीका जार उचित तवरले सरसफाइ गर्नु पर्ने प्रावधान रहे पनि उक्त उद्योगले त्यस्तो नगरेको पाइएपछि उद्योग सिल गरिएको हो ।
त्यसैगरी कोहलपुरकै वडा नम्बर १० मा रहेको झरना जल उद्योगलाई सुरक्षा मापदण्ड पूरा नगरी सञ्चालनमा ल्याइएको भन्दै सचेत बनाइएको छ । सो उद्योगलाई एक हप्ताभित्र कोहलपुर नगरपालिकामा दर्ता हुन, पानीका जार शुद्ध तवरबाट सफाइ गर्न, बजारमा पठाउँदा अनिवार्य सिल र लेवल लगाउन निर्देशन दिइएको विकले जानकारी दिए । अनुगमनका क्रममा कोहलपुरमा सञ्चालित पानी उद्योगहरूले मापदण्ड पूरा नगरेको पाइएको विकको भनाइ रहेको थियो । केही समय पहिले कोहलपुरको आरुष पानी उद्योग र मध्यपश्चिम पानी उद्योग पनि कारबाहीमा परेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया