एभरेष्ट बैंकका ग्राहकलाई होटल एलफ्टमा १५ प्रतिशत छुट
काठमाडौं ।
एभरेष्ट बैंकका गा्रहकहरूले होटल एलफ्ट छुट पाउने भएका छन् । बैंकले काठमाडौँको होटल अलफ्ट ठमेलसँग आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्नको लागि सहकार्य गरेको हो । होटल एलफ्ट ठमेल, काठमाडौँं, एक पाँचतारे होटल हो जुन आफ्नो होटलको सुन्दर इन्टेरियर डिजाईनका साथै आफ्नो समृद्ध इतिहासको लागि प्रख्यात रहेको छ ।
यस सहकार्यअन्तर्गत एभरेष्ट बैंकका ग्राहकहरूले फुुड एण्ड बेभरेज र बेकरी सपमा होटेलले तोकेको स्ट्याण्डर्ड मूल्यमा १५ प्रतिशत छुट पाउनेछन् । हालको महामारीको स्थितिका कारण यो अफर टेक अवे सेवा मात्र उपलब्ध रहेको छ र अवस्था सहज भएलगतै यो अफर होटेल सेवामा पनि उपलब्ध हुनेछ ।
यो सम्झौताअन्तर्गत बैंकका ग्राहकहरूले आफ्नो एटीएम वा क्रेडिट कार्ड देखाएमा यो छुट पाउनेछन् । बैंकले सधैँ सर्भिस विथ स्माइलको भावना बोकी आफ्नो ग्राहकहरूको फाइदा र सन्तुष्टिमा आफ्नो ध्यान केन्द्रित गर्दै आएको छ ।
स्थापनाकालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् । बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । हालसम्म बैंकको ९५ शाखाहरू, ३१ राज्वस्व सङ्कलन काउन्टरहरू र एक सय २३ स्थानमा एटीएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्कमार्फत बैंकले पेसेवर दक्ष बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया