धनुषाका अधिकांश पानी उद्योग निर्देशिकाविपरीत सञ्चालित
बटुकनाथ झा
जनकपुरधाम ।
धनुषा जिल्लाका अधिकांश प्रशोधित पानीका फ्याक्ट्री निर्देशिकाविपरीत सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अगुवाइमा आइतबार गरिएको अनुगमनमा जनकपुरधाममा सञ्चालनमा रहेका आधा दर्जनभन्दा बढी प्रशोधित पानी उद्योग निर्देशिकाविपरीत सञ्चालनमा रहेको हो ।
अनुगमनका क्रममा जनकपुरधाममा सञ्चालनमा रहेको लक्ष्मी ड्रिङकिङ वाटर उद्योग, गुरु ड्रिङकिङ वाटर उद्योग, डेली फ्रेस वाटर उद्योग, एभरेष्ट मिलरल वाटर उद्योगमा प्रशोधित पानीको लेवल विवरण अपूर्ण रहेको, सरसफाइमा कर्मी, भण्डारण कक्षको उचित व्यवस्थापन नभएको पाइएको छ ।
यसैगरी साकम्बरी निर्मल जल उद्योगमा लेवल विवरण उल्लेख नभएको तथा आंशिकरूपमा निदेशिका पालन भएको पाइएको खाद्यय अनुसन्धान अधिकृत रत्न कान्त झाले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विजय खनालले अनुगमनका क्रममा देखिएको समस्यालाई समाधान गर्न कारबाहीको प्रक्रियामा जाने तथा नियमितरूपमा बजार अनुगमन गर्ने बताए । उनले पानी निर्देशिकाअनुसार बालाजी ड्रिङकिङ वाटर उद्योग मात्रै सञ्चालनमा रहेको बताए ।
उक्त अनुगमन टोलीमा कार्यालयका खाद्य निरीक्षक प्रविण तिवारी, खाद्य अनुसन्धान अधिकृत रत्नकान्त झा, जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठ, उपभोक्ता हकहित संरक्षण मञ्च जनकपुर नगर समितिका सदस्यलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया