Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल फाइनान्सको वार्षिक साधारणसभा

नेपाल फाइनान्सको वार्षिक साधारणसभा


काठमाडौं ।
नेपाल फाइनान्सले वार्षिक साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सले २० देखि २७औं वार्षिक साधारणसभा कोभिड १९ जस्तो महामारीको बाबजुत सम्पूर्ण सेयरधनीहरूको भौतिक तथा अभौतिक (भच्र्युअल) माध्यमबाट असोज १० गते शनिबार संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौंमा सम्पन्न गरेको जनाएको छ ।

सञ्चालक समितिका अध्यक्ष समेत रहेका प्राध्यापक हिरेन्द्रमान प्रधान (जो राष्ट्रिय योजना आयोगको सदस्य समेत भएका), सञ्चालकहरू चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, श्रीमती रोजिना श्रेष्ठ, श्रीमती लक्ष्मी महर्जन तथा स्वतन्त्र सञ्चालक आनन्दकृष्ण ताम्राकारलगायत आधारभूत सेयरधनीहरूको उपस्थितिमा सम्पन्न भएको फाइनान्सले जानकारी दिएको छ ।

सभाले संंस्थाको अधिकृत पुँजी एक अर्ब र जारी तथा चुक्ता पुँजी ८४ करोड दुुई लाख बनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ‘ग’ वर्गका वित्तीय संस्थाको चुक्ता पुँजी ८० करोड पु¥याउन दिएको निर्देशनबमोजिम सो निर्णय गरेको हो । साथै साधारणसभाले यसका लागि आजैका मितिदेखि सो प्रक्रियालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ ।

बिसं २०४९ सालमा स्थापना भएको निजी क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकालदेखि हालसम्म आफ्नै इतिहास बोकेको छ । यसको हालसम्मको यात्रामा विभिन्न प्रकारका सफलताहरूका साथै कडा चुनौतीहरूलाई सामना गर्दै अघि बढिरहेको पनि फाइनान्सले जनाएको छ । संस्थालाई नयाँ ढंगले आफैँ सञ्चालन गर्न सकिन्छ भन्ने अठोटका साथ केही नयाँ सेयरधनीहरू समेतको सक्रियतामा फाइनान्सको चुक्ता पुँजी ८४ करोड दुुई लाख ६५ हजार पाँच ९४ रुपैयाँ पु¥याउन एकबराबर एक दशमलव सात पाँचको अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारणसभाबाट पारित गरेको छ ।

संस्थाको २०७४ फागुन २९ गते सम्पन्न भएको विशेष साधारणसभाको निर्णयबमोजिमको हाल कायम चुक्ता पुँजीको १ः१.२५ को दरले हकप्रद सेयर जारी गर्नेगरी प्रक्रिया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ जसअन्तर्गत आधारभूत लगानीकर्ता तथा सञ्चालकहरूबाट उक्त हकप्रद सेयरबापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको फाइनान्सले जनाएको छ ।

हाल फाइनान्सको सुधार कार्यक्रमअन्तर्गत केही अत्यावश्यक भौतिक सामग्रीहरू परिवर्तनका साथै आन्तरिक व्यवस्थापनमा सबलीकरण गर्ने, सञ्चालन जोखिमलाई न्यूनीकरण गर्ने उपायहरू समेत अवलम्बन गरिएको छ । अब आउने दिनहरूमा संस्थालाई आधुनिकीकरण गर्दै लैजाने रणनिति लिइएको छ । अबका दिनहरूमा संस्थाको सम्पतिको गुणस्तरमा वृद्धि गर्दै लैजाने योजना रहेको छ । यस संस्थाको व्यावसायिक सक्षमता अभिवृद्धि गर्नका लागि आधुनिक सूचना प्रविधिलाई अवलम्बन गर्दै लैजाने र संस्थाको कर्मठ तथा इमानदार कर्मचारीहरूलाई विभिन्न समयमा तालिम गोष्ठिको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिँदै लगिएको छ ।

फाइनान्सको प्रगति तथा संवृद्धिका लागि हामीले गरेका क्रियाकलापहरूमा समय–समयमा प्राप्त राय सुझावहरूलाई आत्मसाथ गर्दै यस संस्थासँग सम्बद्ध नियमनकारी निकायहरू, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल सरकार, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएस एण्ड क्लियरिङ लि. सेयर रजिष्टार, सम्पूर्ण सञ्चार जगत, अन्य संघसंस्थाहरू तथा विशेषगरी ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दछु, फाइनान्सले भनेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया