प्राइम कमर्सियल बैंक वित्तीय कारोबार सञ्चालनको १४औं वर्षमा प्रवेश
काठमाडौं ।
नेपाली बैकिङ क्षेत्रमा निकै नै सबल, सक्षम र सुुशासनयुुक्त बैंकको रूपमा परिचय स्थिापित गरेको प्राइम कमर्सियल बैंक लिमिटेड वित्तीय कारोबार सञ्चालनको १४औं वर्षमा प्रवेश गरेको छ । बैंक यही असोज ११ गते १३ वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको हो ।
चुक्ता पुँजी १९ अर्ब रुपैयाँ रहेको बैंकको हाल निक्षेप एक खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने कर्जा एक खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । देशका सबै क्षेत्रमा गरी एक सय ८४ वटा शाखाहरू रहेको बैंकमा कुल ग्राहक संख्या आठ लाख तीन हजार सात सय ५६ रहेको छ । बैंकले प्रत्यक्षरूपमा दुई हजार ७२ जनालाई रोजगारी दिएको छ ।
बैंकले जलविद्युत्, सिमेन्ट र होटल क्षेत्रमा अगुवा बैंकको भूमिका निर्वाह गर्दै जलविद्युत तथा सिमेन्टका २५ वटा परियोजनाहरू र होटल तथा अन्य उद्योगका छवटा परियोजनाहरूमा कर्जा प्रवाह गरेको छ ।
सरकारलाई वार्षिकरूपमा एक अर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै आएको बैंकले सेवाको गुणस्तरको लागि बेलायत, अमेरिका, फ्रान्सस्थित विभिन्न प्रतिष्ठित संस्थाहरूबाट पुरस्कार समेत प्राप्त गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले जानकारी दिए ।
छोटो समयमा गौरवमय प्रगति र प्रतिष्ठा हासिलको लागि योग्य तुुल्याउन बैंकलाई हरदम सहयोग गर्ने, सद्भाव र सदाशयता राख्ने सम्पूर्ण ग्राहकवर्ग, विभिन्न संघसंथहरू, नियामक निकाय, सञ्चार जगत, कर्मचारी वर्गलगायत शुभेच्छुकहरू सबैमा हार्दिक आभार प्रकट गर्दछौँ, प्रमुुख कार्यकारी अधिकृत मानन्धरले भने ।
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुई अर्ब २९ करोड २८ लाख दुुई हजार पाँच सय ७६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब १९ करोड ८७ लाख ९२ हजार दुुई सय ४३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार पाँच सय पाँच रुपैयाँ रहेको बैंकले गत आवको चौथौ त्रैमासिक अवधिमा एक खर्ब १९ अर्ब ४४ करोड १६ लाख १३ हजार छ सय २३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १० अर्ब ४५ करोड ४२ लाख ९५ हजार पाँ चसय ३४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ६१ करोड ७८ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जा को अनुपात एक दशमलव ५४ प्रतिशत रहेको छ ।
यस अवधिमा स्प्रेड दर चार दशमलव २२ प्रतिशत रहेको बैंकमा वितरणयोग्य नाफा भने एक अर्ब ६१ करोड ५७ लाख १८ हजार रुपैयाँ रहेको छ ।अघिल्लो आवको सोही अवधिमा भने बैंकले ७७ अर्ब ४० लाख ७४ हजार तीन सय ७४ रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५४ करोड ५४ लाख एक हजार छ सय ३७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा तीन अर्ब ५८ करोड ४६ लाख सात हजार एक सय ८७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ३२ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया