पाकिस्तानको सिन्धमा सडक दुर्घटना, १३ जनाको मृत्यु
सिन्ध ।
पाकिस्तानको सिन्ध प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार कराँची–हैदराबाद राजमार्गमा शनिबार एउटा यात्रुबाहक भ्यान दुर्घटना भएको हो । भ्यानमा कम्तीमा २० जना सवार रहेको बताइएको छ ।
अर्को सवारी साधनलाई ठक्कर दिएपछि यात्रुबाहक भ्यान सडकभन्दा तल खोँचमा खसेको प्रहरीले जनाएको छ । भ्यानमा जडित सीएनजी सिलिन्डरमा आगो लागेर बिस्फोट भएका कारण ठूलो क्षति भएको प्रहरीको भनाइ छ । प्रहरी उपरीक्षक नाजर मुहम्मद डिशाकका अनुसार आगोले धेरै व्यक्तिको शरीर नराम्रोसँग जलेको पाइएको छ । स्थानीय प्रहरीले भ्यानका चालक सहित सात जना बाँच्न सफल भएको जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया