सार्वजनिक सवारीले भाडा बढाए तर यात्रु घटाएनन्
सुबास बस्नेत
दोलखा ।
लकडाउन खुलेसँगै लामो तथा छोटो दूरीमा चल्न थालेका सवारी साधनले सरकारले तोकेको मापदण्डविपरीत यात्रु बोक्ने गरेको पाइएको छ । करिब छ महिनाको बन्दाबन्दीले ग्यारेजमै थन्किएका बस अहिले दोलखादेखि राजधानी काठमाडौँलगायत पूर्वको झापासम्म चल्न थालेका छन् ।
चरीकोटदेखि पूर्वतिर दैनिक बर्दिबास, वीरगञ्ज तथा झापा काँकरभिट्टासम्म चल्ने तीनवटा बस बिहान ७ बजे, ९ बजे र दिउँसो १ बजे छुट्ने गर्छन् । चरीकोटबाट खुर्कोट पुग्नको लागि यसअघि दुई सय ५० रुपैयाँ भाडा लाग्थ्यो तर सरकारले कोरोना भाइरस रोकथामको लागि भन्दै असोज १ गतेदेखि सबै सवारीमा एक सिट, एक यात्रु राखेर ५० प्रतिशत भाडा वृद्धि गर्न पाउने मापदण्ड बनाएर सवारी चलाउन दिएको छ । यद्यपि सवारीसाधनले भने ५० प्रतिशत नभई ८० देखी सय प्रतिशतसम्म भाडा बढाएर यात्रुसँग असुल गर्नेगरेका छन् । लकडाउनअघि चरीकोटबाट खुर्कोट पुग्नको लागि दुई सय पचास रुपैयाँ भाडा तिरे पुग्नेमा अहिले पाँच सय रुपैयाँ भाडा तिर्नुपरेको यात्रु पर्शुराम श्रेष्ठले बताए ।
सोमबार पूर्वको बर्दिबासदेखि चरीकोटका लागि छुटेको बा २ ख ६३६२ नम्बरको बसले सरकारको नियमविपरीत बसभरि खचाखच यात्रु बोकेकै कारण तीन हजार जरिवाना तिरेको छ । सो बसभित्र रहेका ३६ वटा सिटभरि यात्रु राखेको हुँदा ट्राफिक प्रहरी चेकपोस्ट खुर्कोट सिन्धुलीले तीन हजार रुपैयाँ जरिवाना गरेको हो । त्यस्तै दोलखाको सदरमुकाम चरीकोटदेखि जिल्लाभित्र चल्ने अन्य बसले पनि भाडा बढाए पनि यात्रु भने घटाएका छैनन् ।
लकडाउन खुलेपछि काठमाडौ– दोलखा दैनिक करिब ३५ वटा बस ओहोरदोहोर गर्ने गरेका छन् । सदरमुकाम चरीकोटमा रहेका अरनिको टिकट काउन्टर र रोल्वालिङ काउन्टरले भने सरकारको मापदण्डअनुसार नै सीमित टिकट काट्ने गरेको बताएका छन् । बसमा रहेका ३२ देखि ३६ सिटमध्ये काउन्टरले १२ देखि १५ सिटको टिकट वितरण गरे पनि बाटोमा चढ्ने लोकल यात्रुले गर्दा बस भरिने गरेको चरीकोटका सार्वजनिक सवारीका टिकट काउन्टरले जनाएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया