Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधगर्भपतनको दर बढ्दो, जिल्ला अस्पतालमा मात्रै एक वर्षमा १ सय २६ जनाले गराए गर्भपतन

गर्भपतनको दर बढ्दो, जिल्ला अस्पतालमा मात्रै एक वर्षमा १ सय २६ जनाले गराए गर्भपतन


महेन्द्र शाही
सोलुखुम्बु
सोलुखुम्बु जिल्लामा पछिल्लो पटक गर्भपतन गर्नेको संख्यामा क्रमशः वृद्धि भइरहेको पाइएको छ । जिल्ला अस्पताल फाप्लुमा मात्रै एक आर्थिक वर्षमा एक सय २६ जनाले गर्भपतन गराएका छन् । गत आर्थिक वर्ष २०७६–०७७ मा अस्पतालमा आएर एक सय २६ जनाले गर्भपतन गराएको अस्पतालले जनाएको छ । पछिल्लो समय गाउँ–गाउँमा नै बर्थिङ सेन्टरको स्थापना भएसँगै अस्पतालमा आएर गर्भपतन गराउनेको संख्यामा अझ कमी आएको अस्पतालकी निमित कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिइन् ।

गर्भपतन गराउनेमा २० वर्षभन्दा बढी उमेर समूहका महिलाहरु रहेको अस्पतालले जनाएको छ । सरकारले नै सुरक्षित गर्भपतन अपराध नभई महिलाको प्रजनन अधिकार भएको बताएको छ । तर अहिले पनि ५८ प्रतिशत महिलाले असुरक्षित सेवा लिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ । यद्यपि भ्रुण पहिचान गरेर भने गर्भपतन गर्न पाइँदैन । तर नेपालमा अधिकांशले गर्भमा छोरी भएमा गर्भपतन गराउने गरेका छन् ।

नेपालमा १५ सयभन्दा धेरै स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनसम्बन्धी सेवा उपलब्ध छ । महिलाले नचाहेको खण्डमा १२ हप्तासम्मको र बलत्कार तथा हाडनाता करणीका १८ हप्तासम्मका गर्भपतन गराउन पाउने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा व्यवस्था छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया