Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबेनेलीको दशैं तिहार र छठ अफर

बेनेलीको दशैं तिहार र छठ अफर


काठमाडौं ।
इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीले दशैँ, तिहार र छठको अवसर पारेर विशेष अफर ल्याएको छ । कम्पनीले एक्सचेन्ज, क्यास ब्याक र शुन्य प्रतिशत ब्याजदरलगायतका अफरहरु ल्याएको हो । कम्पनीका अनुसार टीएनटी १५० आई खरिदमा १५ हजार रुपैयाँ क्यास व्याक, दुई वर्षसम्म शून्य प्रतिशत ब्याजदर र प्रत्येक एक्सचेन्जमा १५ हजार रुपैयाँ छुटका साथै एक हेलमेट निःशुल्क दिने भएको छ ।

यसैगरी टीएनटी १५ को खरिद आठ हजार रुपैयाँ क्यास ब्याक, दुई वर्षसम्म शून्य प्रतिशत ब्याजदर र प्रत्येक एक्सचेन्जमा १५ हजार रुपैयाँ छुटका साथै एक हेलमेट निःशुल्क दिने कम्पनीको भनाइ छ । साथै एक भाग्यशाली विजेताले ५० इन्चको स्मार्ट एलईडी टिभी जित्ने मौका पाउनेछन् । नेपालको लागि बेनेलीको अधिकारिक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले थ्रिएस (सेल्स, स्पेयर, सर्भिस)को सुविधा नेपालको विभिन्न ठाउँमा सजिलैसँग उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया