सानिमा बैंकद्वारा बडा दशैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड योजना सुरु
काठमाडौं ।
सानिमा बैंकद्वारा बडा दशैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड योजना सुरु गरेको छ । बैंकका अनुसार नेपालीहरूको महान चाड बडा दशैंको उपलक्ष्यमा बैैंकले ‘योपालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड योजना सञ्चालनमा ल्याएको हो ।
यो योजना सोमबारदेखि असोज मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरूमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने जानकारीसमेत बैंकले दिएको छ । यसैगरी पहिलो ५० जना ग्राहकहरूले अनलाइन सपिङ पोर्टल दराजमा तीन हजार रुपैयाँबराबरको सामान खरिद गर्दा पाँच सय रुपैयाँको निःशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् ।
बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारीत काउन्टरर ८१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया