इराकबाट लुटिएको मूर्ति फिर्ता गरिने
बग्दाद ।
बेलायतले चार हजार वर्ष पुरानो इराकी एक शिल्पकलालाई फिर्ता गर्ने भएको छ । अनुसन्धानबाट उक्त शिल्पकला लुटिएको प्रमाणित भएपछि बेलायती संग्रहालयले सोमबार कलायुक्त वस्तु (मूर्ति)लाई फिर्ता गर्न तयार भएको हो ।
गत वर्ष मेमा अनलाइन बिक्री केन्द्रले बिक्रीको लागि कलाको प्रस्ताव गरेपछि केही प्रमाणसहित उक्त कला इराकबाट लुटिएको दावी गरिएको थियो । यसै आधारमा विशेषज्ञ लन्डन प्रहरी इकाईले संग्रहालयका विज्ञलाई बोलाई अनुसन्धान सुरु गरेका थिए । अनलाइनमा यसलाई ‘वेस्टर्न एशियाटिक अक्काडियन ट्याब्लेट’ भनेर वर्णन गरेको भएपनि विज्ञहरूले चुन ढुंगाको उक्त कला पुरानो सुमेरियाली मन्दिरको भएको र ईशापूर्व २४०० तिर बनाइएको बताएका छन् ।
संग्रहालयका अनुसार उक्त शिल्पकला १९औं शताब्दीको अन्त्य र २० औं शताब्दीको उत्तरार्धमा मन्दिरबाट लुटिएको थियो र पछि यो खाडी युद्धको पुन चोरी भएको र सन् २००३ को इराक युद्धको क्रममा पनि लुटिएको थियो । संग्रहालयले भनेको छ, ‘अनुसन्धानले यो महत्वपूर्ण शिल्पकलालाई इराकबाट गैरकानुनी रूपमा बेलायत ल्याइपु-याएको बेलायती अधिकारीले पत्ता लगाएका छन् । छिट्टै फिर्ता हुन्छ ।’ यस्ता मुर्तिहरू निकै विरलै पाइने प्राचीन कला हुन् र विश्वमा यस प्रकारका करिब ५० मूर्तिहरू अस्तित्वमा रहेको पत्ता लागेको बेलायती अधिकारीले बताएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया