७० मेगावाटको दुधकोसी–२ जलविद्युत्लाई उत्पादन अनुमति
महेन्द्र शाही
सोलुखुम्बु ।
सोलुखुम्बुमा निर्माण हुने दुधकोसी हाइड्रोपावर नेपालले (दुधकोसी–२ जलेश्वर ७० मेगावाट) विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । जिल्लाको थुलुङ दुधकोसी गाउँपालिकामा पर्ने दुधकोसी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमबार अनुमतिपत्र प्राप्त भएको आयोजनाका जनसम्पर्क अधिकृत जनकराज खनालले जानकारी दिए । यसअघि सोलुखुम्बुमा थुलुङ दुधकोसीमा ड्याम बनाई सुरुङमार्गबाट खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा विद्युत्गृह निर्माण गरी दुई सय ३० मेगावाट उत्पादन गर्ने अनुमानसहित प्रक्रिया अगाडि बढाइएको थियो ।
नेपाल सरकारको गौरवको आयोजना दुधकोसी जलाशययुक्त आयोजनाका कारण थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर ५, ६ र ७ को सिमानामा पर्ने बर्खुघाटमा ड्याम निर्माण गर्ने र गाउँपालिकाको वडा नम्बर ४ को खन्योखर्कमा विद्युत्गृह निर्माण गर्नेगरी उत्पादन अनुमतिपत्र प्राप्त भएको जनसम्पर्क अधिकृत खनालले जानकारी दिए । यसअघि दुधकोसीको पानी करिब पाँच किलोमिटर सुरुङ मार्गमार्फत जलेश्वरमा पु-याउने योजना थियो भने अहिले तीन किलोमिटर सुरुङमार्गमार्फत खन्यखर्कमा निर्माण हुने विद्युत्गृहमा पु-याइनेछ । जसका कारण उत्पादन क्षमतासमेत दुई सय ३० मेगावाटबाट घटेर ७० मेगावाटमा झरेको कम्पनीले जनाएको छ ।
भारतको लगानीमा निर्माण हुन लागेको दुधकोसी हाइड्रोपावर प्रालि विद्युत् खरिदबिक्रीसम्बन्धी सम्झौता नेपाल सरकारसँग हुने चरणमा रहेको जनसम्पर्क अधिकृत खनालले बताए । यससम्बन्धी विद्युत् प्राधिकरणले सहमतिको लागि विद्युत् नियमन आयोजनामा पठाएको र त्यहाँबाट सहमति प्राप्त भएपछि कम्पनीसँग सम्झौता हुने उनको भनाइ छ । आगामी मंसिरसम्ममा सम्झौताको काम सम्पन्न हुने उनको विश्वास छ ।
त्यस्तै आयोजनासम्बन्धी पुरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत अहिले विद्युत् विकासमार्फत ऊर्जा तथा जलस्रोत मन्त्रालयमा सहमतिको लागि पठाइसकिएको छ । मन्त्रालयको आवश्यक अध्ययनपश्चात् वन तथा वातावरण मन्त्रालयमा पुगेर स्वीकृत हुनेबित्तिकै निर्माणको काम सुरू गरिने उनको भनाइ छ । यो कार्य अबको दुई महिनाभित्र सम्पन्न हुने अनुमान गरिएको छ । त्यसपछि आयोजना निर्माणस्थल जाने बाटोको सर्वे, जग्गा अधिग्रहणलगायतका काम सुरू हुने कम्पनीले जनाएको छ । उक्त आयोजना सम्पन्न गर्न करिब १४ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
- यो वर्ष पनि राजस्व र पुँजीगत खर्च कमजोर
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया